नेपाली

दुई सातामा थपियो साढे चार लाख हेक्टरमा रोपाइँ

CRIPublished: 2024-07-09 15:59:06
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सबैभन्दा बढी सुदूरपश्चिममा ८६ प्रतिशत (१ लाख ५० हजार ६२ हेक्टरमा) रोपाइँ भएको मन्त्रालयले जनाएको छ । यहाँ १ लाख ७४ हजार ५ सय ७६ हेक्टरमा धान रोपाइँ हुन्छ । दोस्रोमा गण्डकीमा ४९.७ प्रतिशत (४७ हजार ७ सय ३३ हेक्टर) मा रोपाइँ भएको छ । गण्डकीमा ९६ हजार ५३ हेक्टरमा रोपाइँ हुन्छ । कर्णालीमा ४७.५ प्रतिशत (१९ हजार ९ सय ४ हेक्टर) मा रोपाइँ भएको छ । यस क्षेत्रमा ४१ हजार ९ सय ४ हेक्टरमा रोपाइँ हुन्छ । लुम्बिनीमा भने ४४.४ प्रतिशत (१ लाख ३८ हजार ३ सय ६४ हेक्टर) मा रोपाइँ भएको छ ।

लुम्बिनीमा ३ लाख ११ हजार ६ सय ४३ हेक्टरमा रोपाइँ हुन्छ । वाग्मतीमा ४०.२ प्रतिशत (४६ हजार ४४ हेक्टर) मा रोपाइँ भएको छ । यहाँ १ लाख १४ हजार ५ सय ६१ हेक्टरमा रोपाइँ हुन्छ । यीबाहेक मुख्य धान उत्पादन हुने मधेशमा भने २५.५ प्रतिशत मात्रै रोपाइँ भएको छ । यहाँ ३ लाख ८३ हजार १ सय ५० हेक्टरमा रोपाइँ हुन्छ । तर असार २३ सम्म ९७ हजार ८ सय ५१ हेक्टरमा मात्रै रोपाइँ भएको छ । मन्त्रालयका अनुसार कोशीमा ३४.४ प्रतिशत (९५ हजार १ सय ७० हेक्टरमा) रोपाइँ भएको छ । यहाँ २ लाख ७६ हजार ३ सय ८६ हेक्टरमा रोपाइँ हुन्छ ।

बढी धान खेती हुने मधेशमा समयमै रोपाइँ नहुँदा यसले उत्पादनमा पनि प्रत्यक्ष प्रभाव पार्छ । यहाँ सिँचाइ अभावका कारण रोपाइँ कम भएको हो । तर सरकारले सिँचाइ सुविधा बर्सेनि बढेको दाबी गर्दै आएको छ ।

‘संघीय आयोजनाबाट ०८० मसान्तसम्म १५ लाख ५५ हजार ५ सय ८ हेक्टर जमिनमा सिँचाइ पुगेको थियो । चालु आर्थिक वर्षको फागुनसम्म सतहतर्फ ६२० हेक्टर, लिफ्टतर्फ २७० हेक्टर, भूमिगततर्फ ७०० हेक्टर र जलशायतर्फ ५० हेक्टर गरी थप १६४० हेक्टर जमिनमा सिँचाइ पुगेको छ,’ आर्थिक सर्वेक्षण ०८०/८१ मा भनिएको छ, ‘योसमेत गरी हालसम्म १५ लाख ५७ हजार १ सय हेक्टर जमिनमा सिँचाइ पुगेको छ । सिँचाइ सुविधा पुगेका क्षेत्रमध्ये ६५.७ प्रतिशतमा तह सिँचाइ र ३४.१ प्रतिशतमा भूमिगत सिँचाइ छ ।’ सरकारी तथ्यांकले सिँचाइको सुविधा बढेको दाबी गरे पनि किसानले अनुभूति गर्न सकेका छैनन्, जसले गर्दा मधेशमा समयमै रोपाइँ हुन सकेन ।

首页上一页123全文 3 下一页

Share this story on

Messenger Pinterest LinkedIn