नेपाली

दुई सातामा थपियो साढे चार लाख हेक्टरमा रोपाइँ

CRIPublished: 2024-07-09 15:59:06
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपालमा मनसुन सक्रिय भएसँगै धान रोपाइँ हुने क्षेत्रफल बढेको छ । दुई साता अवधिमा मुलुकभर ५ लाख ९५ हजार १ सय २९ हेक्टरमा रोपाइँ भएको छ । यो कुल धान रोपाइँ हुने क्षेत्रफलको ४२.६ प्रतिशत हो । मुलुकभर १३ लाख ९८ हजार २ सय अर्थात् ७३.७३ हेक्टरमा धान रोपाइँ हुन्छ । मनसुन सक्रिय भएपछि रोपाइँको तथ्यांक उत्साहजनक रूपमा बढेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको कान्तिपुर अनलाइनले लेखेको छ।

असार पहिलो दुई साता धान रोपाइँ सन्तोषजनक थिएन । असार १२ सम्म ९.८ प्रतिशत अर्थात् १ लाख ३६ हजार ४ सय ११ हेक्टरमा मात्रै रोपाइँ भएको थियो । त्यसबीचमा मनसुन सक्रिय भयो । रोपाइँ गर्न धेरैजसो ठाउँमा पानीको समस्या भएन । त्यही कारण रोपाइँ पनि उत्साहजनक छ । असार २३ सम्म रोपाइँ भएको क्षेत्रफल बढेर ४२.६ प्रतिशत (५ लाख ९५ हजार १ सय २९ हेक्टर) पुगेको मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले जनाउनुभयो।

‘रोपाइँको तथ्यांक हेर्दा सामान्य छ, पानी पर्‍यो, रोपाइँ पनि भएकै छ । पानीकै कारण रोपाइँमा ढिलाइ भइसकेको छैन,’ मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले भन्नुभयो, ‘असार १२ सम्म १ लाख ३६ हजार ४ सय ११ हेक्टरमा रोपाइँ भयो । असार २३ सम्म आइपुग्दा रोपाइँ थप बढेर साढे ४ लाख हेक्टरबाट बढेर ५ लाख ९५ हजार १ सय २९ हेक्टरमा पुगेको छ ।’ पर्याप्त सिँचाइ अभावले धान रोपाइँ गर्न मनसुन कुर्नुपर्छ । पानी परेपछि बल्ल असारेबाली सुरु हुन्छ । त्यही कारण असार दोस्रो सातासम्म रोपाइँ सुस्त थियो । पानी अभावकै कारण रोपाइँ ढिलाइ भएको कृषि विभागका महानिर्देशक नरहरिप्रसाद घिमिरेले बताएका थिए । उहाँका अनुसार दोस्रो सातासम्म नेपालको पूर्वी क्षेत्रमा मात्रै रोपाइँ भएको थियो । अहिले भने रोपाइँ भएको क्षेत्रफल बढेको छ।

123全文 3 下一页

Share this story on

Messenger Pinterest LinkedIn