नेपाली

हालसम्म ९.८ प्रतिशत रोपाइँ, राष्ट्रिय धान दिवस चितवनमा

criPublished: 2024-06-28 16:50:09
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नार्कले चैते धानसम्बन्धी अध्ययन २०७४ सालदेखि थालेको हो। २०७४ सालमा नार्कले चैतमा किसानलाई चैते–५ जातको धान लगाउन सकिने सिफारिस गरेको थियो। त्यही बेलादेखि चैते धानमा सरकारले लगानी गर्न सुरु गरेको देखिन्छ। चैते–५ जातको धानको दाना मसिनो, धेरै फल्ने, रोग र किरा कम लाग्ने भनेर प्रमाणित गरेपछि किसानले यो धान लगाउन सुरु गरेका थिए। अहिले किरा कम लाग्ने, मोटो दाना भएको चैते–४ जातको धान पनि आइसकेको छ। यो जात पनि किसानले मन पराउन थालेका छन्।

बाह्रै महिना सिँचाइ सुविधा हुने केही ठाउँमा मात्र चैते धान लगाउने गरिएकामा अहिले नार्कले निकालेका नयाँ नयाँ जात कम सिँचाइ हुने ठाउँमा पनि लगाउन थालिएको छ। हाल हर्दिनाथ–१, चैते–३, चैते–२, चैते–४, चैते–५, चैते–६ जातका धान लगाउने गरिएको छ। हाल नेपालमा एक लाख ५० हजार हेक्टरमा चैते धान खेती हुन्छ।

首页上一页123 3

Share this story on

Messenger Pinterest LinkedIn