नेपाली

हालसम्म ९.८ प्रतिशत रोपाइँ, राष्ट्रिय धान दिवस चितवनमा

criPublished: 2024-06-28 16:50:09
Share
Share this with Close
Messenger Pinterest LinkedIn

धान एक बाली मात्र नभई औसत नेपालीको जीवन पद्धति पनि रहेको बताउँदै महानिर्देशक घिमिरेले धानमा अन्तर्निहित विविध महत्वलाई दृष्टिगत गरी यसको उत्पादन वृद्धि आधुनिकीकरण र व्यवसायीकरणलाई प्रवर्धन गर्नका लागि २०६१ सालदेखि नियमित रूपमा प्रत्येक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने गरिएको बताउनुभयो।

चालु आर्थिक वर्षमा ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको छ। गत वर्ष ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन उत्पादन भएको थियो। आगामी आवमा धान उत्पादनमा वृद्धि हुने अनुमान कृषि मन्त्रालयले गरेको छ। धान बालीको औसत उत्पादकत्व गत आवको तुलनामा ४.९७ प्रतिशतले वृद्धि भई ३.९८ मेट्रिक टन प्रतिहेक्टर पुगेको छ, जुन गत चार वर्षको औसत उत्पादकत्वभन्दा ६.९२ प्रतिशतले बढी रहेको कृषि मन्त्रालयले जनाएको छ।

धान उत्पादनमा वृद्धि भएपछि गत वर्षभन्दा कम क्षेत्रफलमा धान रोपाइँ भएको थियो। आव २०७९/८० मा १४ लाख ४७ हजार ७८९ हेक्टरमा रोपाइँ भएको थियो भने चालु आवमा १४ लाख ३८ हजार ९८९ हेक्टरमा रोपाइँ भएको थियो। गत वर्षभन्दा आठ हजार आठ सय हेक्टर क्षेत्रफलमा कम रोपाइँ भएको थियो तैपनि धान उत्पादन वृद्धि भएको कृषि मन्त्रालयले जनाएको छ।

नेपाललाई खानका लागि मात्र ६८ लाख ७० हजार मेट्रिक टन धान चाहिन्छ। त्यसबाहेक बिउ, रक्सी, दानालगायत अन्य प्रयोजनका लागि छुट्टै ११ लाख मेट्रिक टन धानको आवश्यकता पर्छ अर्थात् नेपाललाई ७९ लाख ७० हजार मेट्रिक टन धानको आवश्यकता छ। यो हिसाब गर्दा २३ लाख ७९ हजार मेट्रिक टन धानको अभाव रहेको कृषि मन्त्रालयले जनाएको छ।

तत्कालका लागि ६८ लाख ७० हजार मेट्रिक टन धान उत्पादन गर्न सकियो भने आयात गर्नु नपर्ने कृषि मन्त्रालयको दाबी रहेको छ। खानका लागि मात्र १३ लाख मेट्रिक टन धानको आवश्यकता छ, जसलाई चैते धानबाट पुर्‍याउन सकिने योजना कृषि मन्त्रालयले बनाएको छ।

首页上一页123全文 3 下一页

Share this story on

Messenger Pinterest LinkedIn