नेपाली

हालसम्म ९.८ प्रतिशत रोपाइँ, राष्ट्रिय धान दिवस चितवनमा

criPublished: 2024-06-28 16:50:09
Share
Share this with Close
Messenger Pinterest LinkedIn

असार १२ गतेसम्म देशभरि ९.८ प्रतिशत धान रोपाइँ भएको छ। कृषि विभागका अनुसार सबभन्दा बढी सुदूरपश्चिम प्रदेशमा २५ प्रतिशत धान रोपाइँ भएको छ भने सबभन्दा कम मधेश प्रदेशमा २.९ प्रतिशत मात्र भएको गोरखापत्र अनलाइनले लेखेको छ।

गत वर्ष असार १० सम्म सुदूरपश्चिम प्रदेशमा २२.६ प्रतिशत मात्र रोपाइँ भएको थियो भने मधेश प्रदेशमा २.९ प्रतिशत रोपाइँ भएको थियो। यस वर्ष कर्णाली प्रदेशमा २३.९ प्रतिशत रोपाइँ भएको छ भने बागमती प्रदेशमा १८.३ प्रतिशत रोपाइँ भएको छ। लुम्बिनी प्रदेशमा ८.८ प्रतिशत र गण्डकी प्रदेशमा ८.३ प्रतिशत रोपाइँ भएको छ। कोशीमा ५.६ प्रतिशत रोपाइँ सम्पन्न भएको विभागले जनाएको छ।

यस वर्ष कुल १३ लाख ९८ हजार ८३६ क्षेत्रफलमा धान रोपाइँ हुने विभागले जनाएको छ। त्यसमध्ये हालसम्म एक लाख ३६ हजार ४११ क्षेत्रफलमा धान रोपाइँ भइसकेको छ। गत वर्ष यतिबेला ८.७५ प्रतिशत मात्र रोपाइँ भएको थियो।

सरकारले यस वर्ष ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भनी मूल नाराका असार १५ गते २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउन गइरहेको छ।

यस पटकको धान दिवसको मुख्य कार्यक्रम चितवनको बछौलीमा हुने कृषि विभागका महानिर्देशक डा. नरहरिप्रसाद घिमिरेले बताउनुभयो। विभागले बिहीबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहको उपस्थितिमा धान दिवस चितवनमा मनाउने जानकारी गराएको छ।

यसअघि प्रत्येक धान दिवस काठमाडौँमै मनाउँदै आएको थियो। कृषिमन्त्री साहको विशेष पहलमा यस पटकको धान दिवस उपत्यकाबाहिर मनाउन लागिएको हो। जलवायु परिवर्तनका कारण धान खेतीमा बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्न जलवायु अनुकूलित प्रविधिको अनुसन्धान र विकास एवं विकास तथा उपलब्ध प्रविधिको प्रचार गरी त्यसको अवलम्बन गर्न यस पटकको नाराले सन्देश दिएको महानिर्देशक घिमिरे बताउनुभयो।

123全文 3 下一页

Share this story on

Messenger Pinterest LinkedIn