अझै पनि तीन लाखभन्दा बढी नेपाली घरपरिवार शौचालयविहीन
नेपालीको औसत आयु बढ्नुमा स्वास्थ्य प्रणालीमा भएको सुधार, सचेतना, बालबालिकाले पाइरहेको पोषण र जन्मेदेखि हुर्किंदासम्म पाउने लालनपालनले समेत ठूलो भूमिका खेलेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।
औसत आयु झन्डै साढे ७१ वर्ष रहे पनि पुरुषभन्दा महिला करिब साढे ५ वर्ष बढी बाँच्ने प्रतिवेदनले देखाएको छ । ०७८ को जनगणनाअनुसार पुरुषको औसत आयु ६८.२ वर्ष र महिलाको ७३.८ वर्ष छ । ०६८ को जनगणनाले पुरुषको औसत आयु ६५.४ वर्ष र महिलाको ६८ वर्ष रहेको देखाएको थियो । ०३८ सालमा पुरुषको तुलनामा महिलाको औसत आयु कम थियो ।
पछिल्लो ५० वर्षमा यस प्रवृत्तिमा व्यापक परिवर्तन आई महिलाको औसत आयु बढी देखिएको छ । नेपालीको औसत आयु बढ्नुमा स्वास्थ्य प्रणालीमा भएको सुधार, सचेतना, बालबालिकाले पाइरहेको पोषण र जन्मेदेखि हुर्किंदासम्म पाउने लालनपालनले समेत ठूलो भूमिका खेलेको राष्ट्रिय तथ्यांक कार्यालयले बताएको छ ।