नेपाली

अझै पनि तीन लाखभन्दा बढी नेपाली घरपरिवार शौचालयविहीन

CRIPublished: 2024-05-07 15:23:23
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपालमा रहेका कुल ६६ लाख ६० हजार ८ सय ४१ घरपरिवारमध्ये करिब तीन लाख २ हजार परिवार शौचालयविहीन रहेको एक सरकारी अध्ययनले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मे ५ तारिख आइतबार सार्वजनिक गरेको जनसंख्या साक्षरता पुस्तक तथा जनसांख्यिक सूचकहरूले ४.५३ प्रतिशत घरपरिवार अझै पनि शौचालयविहीन रहेको देखाएको कान्तिपुर अनलाइनले लेखेको छ । शौचालय नभएका परिवारमध्ये सबैभन्दा धेरै मधेशमा छन् भने सबैभन्दा कम गण्डकीमा प्रदेशमा रहेको प्रतिवेदनले औंल्याएको छ ।

शौचालय रहेका ९५.४७ प्रतिशत घरपरिवारमध्ये पनि ६४.८८ प्रतिशतको घरमा आधुनिक (फ्लस भएको), ३०.११ प्रतिशत परिवारमा साधारण (फ्लस नभएको) र बाँकी ०.४९ प्रतिशत घरपरिवारले सार्वजनिक शौचालय उपयोग गर्दै आएको प्रतिवेदनले देखाएको छ ।

प्रदेशगत रूपमा हेर्दा कोशीमा शौचालय नभएको परिवार ३.१६, मधेशमा १२.०४, वाग्मतीमा १.२४, गण्डकीमा ०.९५, लुम्बिनीमा ५.६१ र कर्णालीमा ३.६२ र सुदूरपश्चिममा ४.३९ प्रतिशत रहेको प्रतिवेदनले औंल्याएको छ । शौचालय रहेका घरपरिवारमध्ये वाग्मतीमा सबैभन्दा धेरै ८२.२७ प्रतिशतमा फ्लस भएका शौचालय छन् भने सबैभन्दा कम मधेशमा ३८.५० प्रतिशत त्यस्ता शौचालय रहेको तथ्यांकले देखाएको छ ।

मोबाइल रहेका परिवारको संख्या ९३.२२ प्रतिशत रहेको पनि प्रतिवेदनले उल्लेख गरेको छ । यसमध्ये ४.५३ प्रतिशत परिवारमा ल्यान्डलाइन, ७३.२१ प्रतिशतमा साधारण र ७३.०१ प्रतिशत परिवारमा स्मार्टफोन रहेको देखिन्छ । प्रदेशगत रूपमा हेर्दा वाग्मतीमा सबैभन्दा धेरै १०.१३ प्रतिशत परिवारमा ल्यान्डलाइन टेलिफोन छन् भने ८०.०२ प्रतिशतमा स्मार्टफोन छ । तर कर्णालीमा सबैभन्दा धेरै ८२.२३ प्रतिशतमा साधारण फोन रहेको देखिन्छ । वाग्मती र कर्णालीमा ९५ प्रतिशतभन्दा बढी घरपरिवारमा मोबाइल पुग्दा कोशीमा ९३, मधेशमा ९०, लुम्बिनीमा ९३, कर्णालीमा ८९ र सुदूरपश्चिममा ९१ प्रतिशतमा पुगेको छ ।

123全文 3 下一页

Share this story on

Messenger Pinterest LinkedIn