अझै पनि तीन लाखभन्दा बढी नेपाली घरपरिवार शौचालयविहीन
मुलुकको ३७.७५ प्रतिशत घरपरिवारमा इन्टरनेट सुविधा पुगे पनि करिब १५ प्रतिशत घरपरिवारमा मात्र कम्प्युटर वा ल्यापटप रहेको देखिन्छ । वाग्मतीमा सबैभन्दा धेरै ५५.१६ प्रतिशत घरपरिवारमा इन्टरनेट सुविधा पुगेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा २०.२८ प्रतिशत छ । कम्प्युटर वा ल्यापटप रहेका घरपरिवार पनि वाग्मती प्रदेशमै सबैभन्दा बढी ३०.२६ प्रतिशत छ । यसैगरी कोशीमा ११.८१, मधेशमा ७.८५, गण्डकीमा १६.१९, लुम्बिनीमा ११.१४, कर्णालीमा ५.५९ र सुदूरपश्चिममा ६.५९ प्रतिशत घरपरिवारमा कम्प्युटर वा ल्यापटप रहेको देखिएको छ ।
मुलुकमा रहेका कुल ६६ लाख ६० हजार ८ सय ४१ घरपरिवारमध्ये ३.०८ प्रतिशतमा मात्र कार/जिप/भ्यान रहेको देखिन्छ । प्रदेशगत रूपमा हेर्दा सबैभन्दा बढी वाग्मतीमा ६.३७ प्रतिशत घरपरिवारमा कार/जिप/भ्यान रहेको देखिन्छ । यसअनुसार कोशीमा २.१८, मधेशमा १.४४, गण्डकीमा ३.६४, कर्णालीमा ०.८३ र सुदूरपश्चिममा १.१३ प्रतिशत परिवारमा कार/जिप/भ्यान रहेको तथ्यांकले देखाएको छ ।
नेपालको कुल घरपरिवारमध्ये २७.२७ प्रतिशतमा मोटरसाइकल/स्कुटर छ । प्रदेशगत रूपमा हेर्दा गण्डकीमा सबैभन्दा बढी ३५.७६ प्रतिशत घरपरिवारमा मोटरसाइकल/स्कुटर रहेको देखिन्छ । यसअनुसार कोशीमा २४.७७, मधेशमा ३४.१२, गण्डकीमा ३४.२०, लुम्बिनीमा २५.५३, कर्णालीमा ६.६९ र सुदूरपश्चिम प्रदेशमा १५.५९ प्रतिशत घरपरिवारमा मोटरसाइकल/स्कुटर रहेको प्रतिवेदनमा उल्लेख छ ।
कुल घरपरिवारमध्ये औसतमा ३५.२४ प्रतिशत घरपरिवारमा साइलक, ५३.०८ प्रतिशत परिवारमा विद्युतीय पंखा, ३४.६८ प्रतिशतमा रेफ्रिजेरेटर, ४.२० मा वासिङ मेसिन र ०.८५ प्रतिशत घरपरिवारमा एयर कन्डिसनर रहेको प्रतिवेदनले देखाएको छ । नेपालीको औसत आयु ७१.३ वर्ष पुगेको पनि प्रतिवेदनले देखाएको छ । नेपालीको औसत आयु ०७८ मा ६६.६ र ०५८ मा ६०.४ वर्ष थियो ।