नेपाली

चीन सरकारको अनुदानमा सञ्चालित पेट्रोलियम अन्वेषणमा ‘साँघुरा सडक’ बाधक

criPublished: 2024-04-03 18:23:23
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीन सरकारको अनुदानमा सञ्चालित पेट्रोलियम अन्वेषण परियोजनाका लागि पहिलो चरणमा २२ वटा मालवाहक ट्रक भित्रिएका छन्। १ सय २८ वटा ट्रक आउने क्रममा छन्। तर सडक साघुरो हुँदा ती ट्रकहरु अन्वेषणस्थल भैरवी गाउँपालिका–१ जलजले पुग्न समस्या भएको कान्तिपुर अनलाइनले लेखेको छ।

मालवाहक ट्रकका लागि रत्न राजमार्ग कोहलपुर–सुर्खेत, दैलेख–सुर्खेत सडक खण्ड र कर्णाली राजमार्ग साँघुरो भएको छ। खानी तथा भूगर्भ विभाग, पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख दिनेश नापितले सडक अति साँघुरा हुँदा उपकरण ढुवानीमा समस्या भएको बताउनुभयो। उहाँका अनुसार हाल रत्न राजमार्ग हुँदै भित्रिएका ट्रक कर्णाली र मध्यपहाडी राजमार्गको रुट प्रयोग गर्ने गरिएको छ। जबकि यो सुर्खेत–दैलेख सडक खण्डभन्दा दोब्बर बढी लामो दुरी हो।

दैलेख–सुर्खेत (६७ किमी) सडक अति साघुरो हुँदा आयोजनाले सुर्खेतबाट कर्णाली राजमार्गको सांगेतडासम्म र त्यहाँबाट मध्यपहाडी राजमार्गको बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ। सुर्खेतबाट आयोजनास्थल जलजले करिब ७५ किमी छ। तर कर्णाली राजमार्ग र मध्यपहाडीको बाटो प्रयोग गर्दा ट्रकलाई ९० किमी पार गर्नुपर्छ। यसले गर्दा समय बढी लाग्नुका साथै सडक सुरक्षाको जोखिम देखिएको छ।

आयोजना प्रमुख नापितले दैलेख–सुर्खेत खण्ड साँघुरो हुँदा दुई गुना बढी समय लाग्ने गरेको बताउनुभयो। ‘सडक फराकिलो नहुँदा ठूला ट्रकहरु पालैपालो भित्र्याइएको छ,’ उहाँले भन्नुभयो, ‘एक महिनासम्म भन्सार छुट पत्र पाउन ढिलाइ भयो, अब त्यस्तै समय सडकले लिने देखिन्छ।’

प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले ट्रकसँगै डोजर, स्काभेटर पठाएर सडक फराकिलो पार्दै ढुवानीको व्यवस्था मिलाइएको जानकारी दिनुभयो। यसअघि चिनियाँ टोलीसँगै साघुरो सडकबारे अध्ययन भएको थियो।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn