चीन सरकारको अनुदानमा सञ्चालित पेट्रोलियम अन्वेषणमा ‘साँघुरा सडक’ बाधक
‘ट्रक आउन सक्छ भन्ने निष्कर्षमा पुगेका थियौं, तर ट्रकको आकार ठूलो हुँदा सम्भव देखिएन,’ प्रजिअ भुसालले भन्नुभयो, ‘कतिपय ठाउँमा फराकिलो पार्न समस्या हुँदा कर्णाली र मध्यपहाडी राजमार्गको बाटो प्रयोग गर्नुपर्ने बाध्यता भयो।’
चीनबाट भारतको कोलकाता हुँदै नेपालगन्जको बाटो भएर मालवाहक ट्रक सुर्खेत प्रवेश गर्छन्। उपकरणहरु स्थलमा पुगेसँगै धमाधम जडान गरेर अन्तिम अन्वेषण तयारीमा जुट्ने खानी तथा भूर्गभ विभागले जनाएको छ। २०७२ चैतमा नेपाल र चीन बीच पेट्रोलियम पर्दाथ अन्वेषण तथा उत्खननमा सहकार्य गर्ने सहमति भएसँगै २०७५ माघमा चीन र नेपालबीच परियोजना स्वीकृत गरिएको थियो।
उपकरण आयोजना स्थल पुगेसँगै जमिनबाट ४ हजार ५ सय मिटरसम्म गहिराइमा पुगेर अन्वेषण गरिने भएको छ। ड्रिलिङको काम सकिएलगत्तै पेट्रोलियम खानीको अवस्था र उत्खनन टुंगो लाग्नेछ। दैलेखका नाभिस्थान, श्रीस्थान, पादुकाका क्षेत्रलाई आधार मानेर ४ सय वर्गकिलोमिटर क्षेत्रफल समेट्ने गरी सर्वेक्षण गरिएको छ।