नेपाली

संकटमा रेडपान्डाको वासस्थान

CRIPublished: 2022-12-02 17:05:48
Share
Share this with Close
Messenger Pinterest LinkedIn

उच्च पहाडी क्षेत्रका वन क्षेत्रमा पाइने रेडपान्डाको आयु आठदेखि १० वर्षसम्म हुन्छ। पुस र फागुनमा भाले लाग्ने र जेठदेखि साउनसम्म गर्भाधान हुने महिनाका रुपमा लिइन्छ। रेडपान्डालाई पर्यटन प्रवर्द्धन गर्न र अध्ययन अनुसन्धान गर्न महत्वपूर्ण वन्यजन्तु मानिँदै आएको छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा कुनै पनि व्यक्तिले नियन्त्रणमा राखेको वा मारेको र ओसारपसार गरेको पाइएमा पाँचदेखि १५ वर्ष कैद, पाँचदेखि १० लाख रुपैयाँ वा दुवै सजाय हुने प्रावधान रहेको छ।

रेड पाण्डाको सहवास समय र सन्तान जन्माउने समयमा रेडपान्डाको बासस्थानमा स्थानीयलाई जान नदिने, चरिचरण गर्न नदिने, कुकुर लिन नदिने गरेमा यसको संरक्षण हुने जानकारको भनाइ छ।

रेडपान्डाको बासस्थान विनाश नगराई सामुदायिक वनहरुलाई रेडपान्डा संरक्षणमैत्री गतिविधि सञ्चालन गराएमा प्रभावकारी हुने अपेक्षा स्थानीयले लिएका छन्। समुन्द्र सतहबाट झन्डै तीन हजार ६ सय मिटर उचाइमा रेडपान्डा बढी पाइन्छ। विश्वकै दुर्लभ वन्यजन्तु रेडपान्डा बासस्थान र आहारा सङ्कटमा पर्दै गएको छ।

निगालोको टुसा र पात रेडपान्डाको मुख्य आहारा हो। रातो हाब्रेको नामले चिनिने रेड पाण्डाको वासस्थान विनाश, चोरी सिकारीका घटना लगायतका कारण संरक्षणमा कठिनाइ थपिँदै गएको हो।

首页上一页123 3

Share this story on

Messenger Pinterest LinkedIn