नेपाली

संकटमा रेडपान्डाको वासस्थान

CRIPublished: 2022-12-02 17:05:48
Share
Share this with Close
Messenger Pinterest LinkedIn

गत मंगलबार दिउँसो जाजरकोट कुशे गाउँपालिका–९ पैङ्क गाउँमा रेडपान्डा भेटियो। स्थानीयवासीको सहयोगमा सो रेडपान्डा प्रहरीलाई जिम्मा लगाइयो। प्रहरी चौकी पैङ्कलाई जिम्मा लगाएको रेडपान्डा केही समयमै मृत्यु भएको खबर सार्वजनिक भयो।

बाटोमै रेडपान्डा मरेपछि जिउँदो बुझाउने प्रयास असफल भएको जाजरकोटका प्रहरी प्रमुख सन्तोष निरौलाले जानकारी दिनु भएको राष्ट्रिय समाचार समितिले लेखेको छ। बाक्लो निगालो हुने ठाउँबाट रेडपान्डा गाउँमा पसेपछि उद्धार गरिए पनि जिउँदो रेडपान्डालाई सुरक्षित स्थानमा लिएर छाड्ने प्रयास असफल भएको हो।

यसरी महिनापिच्छे लेकबाट गाउँमा रेडपान्डा पसे पनि रेडपान्डाका बारेमा गाउँले लाई जानकारी नहुँदा कुकुरको सिकार हुने गरेको बारेकोट गाउँपालिका-५ का जनकबहादुर शाहीले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, ‘बारेकोटका पाटन क्षेत्रमा आगलागीबाट सबैभन्दा धेरै रेडपान्डा मारिएको पाइन्छ। लाटो जनावर भएकाले भाग्ने थाहा नपाउँदा मर्ने र मारिने गरेको छ। वर्षायाममा भैँसी, भेडासँग पाटन क्षेत्रमा लिइएका कुकुरले सबैभन्दा बढी रेडपान्डाको सिकार गर्ने गरेका छन्।’

त्यस्तै पाटन क्षेत्रमा जडीबुटी सङ्कलकर्ताले समेत रेडपान्डा मर्ने गरेका पाइएको छ। हिउँदयाममा सिकार गरिएको रेडपान्डाको अवशेषहरु जङ्गलभरि भेटिने गरेको स्थानीयवासी शाहीले बताउनुभयो।

जिल्ला प्रहरी कार्यालयले मात्र अघिल्लो आर्थिक वर्षमा पाँच रेडपान्डाका मुद्दा चलाएको प्रहरीको तथ्याङ्कमा उल्लेख रहेको छ। जानकारी आएका मात्र ती घटनाहरु रहेका छन्। अन्य जानकारी नपाएका चोरी, पैठारीका भारी घटना भए पनि गाउँघरमै मिल्ने गरेका छन्।

जाजरकोटमा बारेकोट, कुशे गाउँपालिका र नलगाड नगरपालिकामा रेडपान्डा पाइने गर्दछ। डोल्पाको मुड्केचुला र जुम्लाको पातारासी र सिञ्जा गाउँपालिकामा रेडपान्डा पाइने गर्दछ।

123全文 3 下一页

Share this story on

Messenger Pinterest LinkedIn