नेपाली

संकटमा रेडपान्डाको वासस्थान

CRIPublished: 2022-12-02 17:05:48
Share
Share this with Close
Messenger Pinterest LinkedIn

गाउँगाउँमा रेडपान्डासम्बन्धी सचेतना नपुगेको बताइएको छ। विभिन्न सङ्घ, संस्थाले रेडपान्डासम्बन्धी कार्यक्रम गरे पनि ती सबै प्रभावकारी नदेखिएको सरोकारवालको दाबी रहेको छ।

बर्सेनि रेडपान्डासम्बन्धी सदरमुकाममा निश्चित व्यक्तिको सहभागितामा कार्यक्रम हुने गरेका छन्। गाउँमा रेडपान्डासम्बन्धी क्लब गठन गरेको सदरमुकाममा प्रचार गरिए पनि त्यो समितिले आफूले गर्ने कामको विषयमा जानकार नै नभएको पाइएको छ।

त्यस्तै डोल्पाको मुड्केचुला गाउँपालिकाको पाटन क्षेत्रमा समेत रेडपान्डा पाइने गरेको छ। गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीका अनुसार रेडपान्डा संरक्षणका लागि पालिकाले विशेष महत्व दिएर काम गरिरहेको छ। डिभिजन वन कार्यालयको सहकार्यमा पालिकाले आफैँले पनि धेरै प्रचार र संरक्षणका काम गरेको अध्यक्ष शाहीले जानकारी दिनुभयो।

डिभिजन वन कार्यालयका कर्मचारीहरु फिल्डमा कम खटिने जनाइएको छ। कुशेको दुई र बारेकोटको चार सामुदायिक वन समूहसँग सहकार्य गरेर रेडपान्डा संरक्षणसम्बन्धी कार्यक्रम गरिरहेको रेडपान्डा नेटवर्कका भूपलाल खत्रीले बताउनुभयो।

दुर्लभ वन्यजन्तु रेडपान्डाको संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ। बासस्थान विनाश, खण्डीकरण, चोरी सिकारीका कारण संरक्षित क्षेत्रमै सङ्ख्या कम हुनु यसका प्रमुख चुनौती हुन्। रेडपान्डा संरक्षणमा स्थानीय सरकार जागरुक नहुनुले पनि अर्को समस्य थपिएको छ। रेडपान्डाको संरक्षण र चोरी सिकारीमा स्थानीय सरकारले नीतिगत व्यवस्था गर्नुपर्नेमा नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताउनुभयो।

लजालु स्वभावको वन्यजन्तु रेडपान्डाको बासस्थान भनेको निगालोको जङ्गल नै भएकाले त्यसको संरक्षण गरिनुपर्ने उहाँको भनाइ छ। वन क्षेत्रमा हुने आगलागी, गाईवस्तु चरिचरन, बढ्दो मानवीय गतिविधिले रेडपान्डाको संरक्षण चुनौतीपूर्ण देखिएको उहाँले बताउनुभयो।

首页上一页123全文 3 下一页

Share this story on

Messenger Pinterest LinkedIn