नेपाली

वैदेशिक जलवायु वित्तमा सहज र बढी पहुँचका लागि नेपाललाई आन्तरिक गृहकार्य जरूरी

criPublished: 2022-11-23 15:42:24
Share
Share this with Close
Messenger Pinterest LinkedIn

कारोबार अनलाइनका अनुसार कोपमा जलवायु वित्तमा रकम थप गर्ने र जलवायुजन्य हानीनोक्सानीका लागि छुट्टै वित्तीय कोष स्थापना गर्ने सहमति भए पनि कार्यान्वयन हुुने–नहुनेमा अझै निश्चित भने छैन। विगतका कोपहरूमा गरिएको सहमति कार्यान्वयनमा नआएपछि यही साता इजिप्टमा सम्पन्न कोषमा भएको जलवायु वित्तीय प्रतिबद्धता कार्यान्वयनमा आशंका पैदा भएको हो ।

जलवायुजन्य हानीनोक्सानीका लागि छुट्टै वित्तीय कोष स्थापना भए पनि कोषको आकार कस्तो हुने, कसले कति रकम जम्मा गर्ने, कुन कुन मुलुकहरूको पहुँच हुने भन्नेमा स्पष्टता छैन। विगतमा स्थापित भएका कोषहरू रित्तिँदै जान थालेको अवस्थामा घोषणा गरिएको नयाँ (लस एन्ड ड्यामेज) कोषमा रकम जम्मा हुने या नहुने निश्चित भएको छैन ।

घोषणा कार्यान्वयनका लागि आगामी वर्ष हुने २८ औं कोपमा दबाब सिर्जना गर्नुपर्ने सुझाव दिनुहुन्छ, विपत् व्यवस्थापनविद् डा. धर्मराज उप्रेती । “अब घोषणा भएको कोष कसरी अगाडि बढ्ने भन्ने चुनौती छ। जलवायु वित्तीय आकार बढाउने प्रतिबद्धता कार्यान्वयन हुने या नहुने भन्ने पनि निश्चित छैन । अब कार्यान्वयनका लागि हामीले दबाब दिइरहनुपर्छ।”

首页上一页123 3

Share this story on

Messenger Pinterest LinkedIn