नेपाली

नेपालमा आउँदा दिनमा रेमिट्यान्स बढ्ने एक अध्ययनको निश्कर्ष

CRIPublished: 2022-07-26 17:19:33
Share
Share this with Close
Messenger Pinterest LinkedIn

‘स्वदेशमा ठूलो परिमाणमा रोजगारीको अवसर सिर्जना नगर्दासम्म वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घट्ने देखिँदैन । हरेक वर्ष करिब ५ लाख दक्ष श्रमशक्ति श्रम बजारमा भित्रिन्छन् । तर वार्षिक करिब ५० हजार मात्र थप रोजगारी अवसर सिर्जना हुँदै आएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘पछिल्ला वर्षमा विदेशमै स्थायी बसोबास गर्ने नेपालीको संख्या नाटकीय रूपमा बढिरहेको छ । यद्यपि अल्पकालमा अपेक्षित नतिजा नदेखिए पनि दीर्घकालमा नेपाल आउने रेमिट्यान्सको आप्रवाह बढ्ने देखिन्छ ।’ यसका लागि राज्य स्तरबाट विशेष पहल गर्नुपर्ने पनि प्रतिवेदनले सुझाएको छ ।

वैधानिक प्रणालीबाट रेमिट्यान्स पठाउँदा मुलुक र व्यक्तिलाई हुने लाभबारे सरकार र निजी क्षेत्रबाट अभियानकै रूपमा जनचेतना फैलाउनुपर्ने सुझाव पनि प्रतिवेदनको छ । ‘वैधानिक प्रणालीबाट रेमिट्यान्स भित्र्याउन राज्य स्तरबाट कुनै पहल नगरिँदा हुन्डीलगायत अनौपचारिक माध्यम सक्रिय छन् ।

उनीहरूले नेपाली मुद्रा सटहीमा पनि नेपालीले औपचारिक प्रणालीबाट रेमिट्यान्स पठाउँदाभन्दा धेरै विनिमय दर दिँदै आएका छन्,’ प्रतिवेदनमा भनिएको छ । यसरी अवैध प्रणालीबाट नेपाल आउने गरेको रेमिट्यान्सलाई वैधानिक प्रणालीबाट भित्र्याउन सरकारले उनीहरूले पठाएको रकम उपयोगका लागि दीर्घकालीन रूपमा बचत र लगानीका नयाँनयाँ क्षेत्र पहिचान गर्नुपर्ने सुझाव पनि प्रतिवेदनमा छ ।

नेपालबाट पुँजी लिएर विदेशमा लगानी गर्न नपाउने कानुनी व्यवस्था पनि वैधानिक प्रणालीबाट धेरै रेमिट्यान्स आउन नसक्नुको एक कारण भएको प्रतिवेदनले औंल्याएको छ । ‘नेपालीले विदेशी लगानी गर्न र त्यसको प्रतिफल फिर्ता ल्याउन पाउने कानुनी व्यवस्था पनि गर्नुपर्ने देखिन्छ,’ प्रतिवेदनले सुझाएको छ, ‘बैंकहरूले पनि विदेशमा बसोबास गर्ने र रोजगारीमा गएका नेपालीलाई लक्ष्य गर्दै विभिन्न वित्तीय औजार आविष्कार गरी कार्यान्वयनमा ल्याउनुपर्छ ।’

首页上一页1234全文 4 下一页

Share this story on

Messenger Pinterest LinkedIn