नेपाली

नेपालमा आउँदा दिनमा रेमिट्यान्स बढ्ने एक अध्ययनको निश्कर्ष

CRIPublished: 2022-07-26 17:19:33
Share
Share this with Close
Messenger Pinterest LinkedIn

आउँदा महिनामा नेपाल भित्रिने रेमिट्यान्स बढ्ने सम्भावना रहको एक अध्ययन प्रतिवेदनले देखाएको छ । कोभिड संक्रमणपछि वैदेशिक रोजगारीमा जाने बढेको र धेरै राष्ट्रबाट नेपाली कामदारको मागसमेत बढिरहेकाले त्यो संख्या अझै वृद्धि हुने प्रतिवेदनको निष्कर्ष छ । विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) लगायत स्वदेशी अध्ययन संघसंस्थाले कोभिडका कारण रेमिट्यान्स घटदै जाने प्रक्षेपण गरिरहेका बेला यो प्रतिवेदनले रेमिट्यान्स बढ्ने देखाएको कान्तिपुर अनलाइनले लेखेको छ।

कोभिड संक्रमण कम भएसँगै गत आर्थिक वर्षमा मात्र करिब ६ लाख नेपाली वैदेशिक रोजगारीमा गएका छन् । धेरै राष्ट्रले ठूलो संख्यामा कामदार मागिरहेका पनि छन् । यस्तो अवस्थामा वैधानिक प्रणालीबाट रेमिट्यान्स पठाउन विदेशमा रहेका नेपालीलाई राज्यले प्रोत्साहन गर्न सके उच्च दरमा रेमिट्यान्स बढ्ने सम्भावना देखिएको अध्ययनको निष्कर्ष छ । ‘कोभिडमा विदेशबाट फर्केका कामदारमध्ये ९३ प्रतिशत पुरानै जागिरमा फर्किसकेका छन् । तीमध्ये पनि ६० प्रतिशत बिदामा नेपाल आएको देखिन्छ । बिदा सकेर सोही काममा फर्किसकेका छन्,’ यूके सरकारको आर्थिक सहयोगमा ‘बिड म्यानेन्जमेन्ट’ ले गरेको ‘कोभिडको समयमा नेपालमा रेमिट्यान्सको अवस्था’ विषयक प्रतिवेदनमा भनिएको छ, ‘३१ प्रतिशत कामदार भने नयाँ भिसा लगाएर वैदेशिक रोजगारीमा गएको देखिन्छ ।’

नेपालको सेयर बजार र रेमिट्यान्स आप्रवाहबीच सकारात्मक सम्बन्ध रहेको पनि प्रतिवेदनले देखाएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मको उच्च ३ हजार १ सय ९८ विन्दुमा रहँदा (गत भदौ २ मा) रेमिट्यान्स पनि हालसम्मकै उच्च दरले बढेकाले सकारात्मक सम्बन्ध रहेको पुष्टि भएको प्रतिवेदनको दाबी छ । ‘रियल इस्टेटको कारोबारमा बढोत्तरी आउँदा पनि रेमिट्यान्स आप्रवाहमा सकारात्मक प्रभाव परेको देखियो,’ प्रतिवेदनमा भनिएको छ, ‘कोभिड संक्रमण रहेका बेला लगानीका अरू क्षेत्र बन्द थिए । तर सेयर बजार र घरजग्गा कारोबार केही फस्टाएको देखिन्छ ।’

1234全文 4 下一页

Share this story on

Messenger Pinterest LinkedIn