नेपाली

मल र सिँचाइ अभावले नेपालमा गतवर्षभन्दा कम रोपाइँ

criPublished: 2022-06-30 16:33:26
Share
Share this with Close
Messenger Pinterest LinkedIn

‘रोपाइँका बेला डीएपी चाहिने हो, अहिले ५० हजार टन आइसक्यो, वितरण भइरहेको छ । थप आउने क्रममा पनि छ,’ उहाँले भन्नुभयो, ‘धान रोपेको २१ दिनपछि युरिया चाहिन्छ, युरिया पनि आउने क्रममा छ ।’ भारतबाट युरिया मल फास्ट ट्र्याकबाट १५ हजार टन र कृषि सामग्री कम्पनीले ग्लोबल टेन्डरमार्फत ३० हजार टन आउने क्रममा रहेको उहाँले जानकारी दिनुभयो। ‘अहिलेको धान बालीलाई १ लाख ३० हजार टन आवश्यक हो । मल आउने क्रममा छ । साउन पहिलो सातासम्म युरिया पनि आउँछ,’ उहाँले भन्नुभयो ।

रोपाइँको हकमा गत वर्षकै हाराहारीमा हुने उहाँले बताउनुभयो । ‘तराईमा धान रोपाइँ सुरु हुँदै छ, प्रदेशमा पत्राचार गरिसकेका छौं,’ उहाँले भन्नुभयो, ‘अब रोपाइँको पूरा विवरण आउँछ, रोपाइँ गत वर्षकै हाराहारीमा हुन्छ, घट्दैन ।

首页上一页123 3

Share this story on

Messenger Pinterest LinkedIn