नेपाली

मल र सिँचाइ अभावले नेपालमा गतवर्षभन्दा कम रोपाइँ

criPublished: 2022-06-30 16:33:26
Share
Share this with Close
Messenger Pinterest LinkedIn

‘मल आउने क्रममा छ, अहिले बजारमा पर्याप्त छैन,’ उहाँले भन्नुभयो, ‘त्यसको बाबजुद पनि रोपाइँको अनुपात राम्रो छ ।’ मुलुकभर १४ लाख ७७ हजार हेक्टरमा धान रोपाइँ हुन्छ । नेपाललाई वार्षिक आवश्यक धान ६५ लाख ५१ हजार टन हो । तर, गत वर्ष ५६ लाख टन मात्रै उत्पादन हुन सकेको थियो । मध्य असारसम्म रोपाइँको अनुपात हेर्दा यो वर्ष उत्पादनमा ह्रास आउनेमा किसानहरूले चिन्ता व्यक्त गर्न थालेका छन् । त्यसैले धेरैजसो किसानले मलबिनै रोपाइँ गरिरहेको कृषक समूह महासंघ नेपालका अध्यक्ष नवराज बस्नेतले बताउनुभयो । ‘यही अवस्था रहिरहे उत्पादन बढ्दैन, यो धानको आयात बढ्ने संकेत हो,’ उहाँले भन्नुभयो।

भन्सार विभागको तथ्यांक हेर्दा गत आव ०७७/७८ मा २० अर्ब ५५ करोड रुपैयाँको धान, २७ अर्ब ६२ करोड रुपैयाँको चामल र २ अर्ब ६१ करोड रुपैयाँको कनिका आयात भएको थियो । चालु आवको ११ महिनामा १६ अर्ब ७९ करोड रुपैयाँको धान, २७ अर्ब १२ करोड रुपैयाँको चामल र १ अर्ब ३८ करोड रुपैयाँको कनिका आयात भइसकेको छ । किसानहरूले समयमै मल नपाए आयातको आकार बढ्दै जाने अध्यक्ष बस्नेतले बताउनुभयो ।

सरकारले भारतबाट जीटुजी मोडलमा आगामी ५ वर्षका लागि रासायनिक मल खरिद गर्न गत फागुनमै एमओयू गरिसकेको छ । तर, हालसम्म मल खरिद गर्न सकेको छैन । नेपालमा रोपाइँ हुने क्षेत्रफलका आधारमा वार्षिक करिब साढे ७ लाखदेखि ८ लाख टनसम्म मल आवश्यक पर्छ । जसमध्ये साढे ५ लाख टन आयात गर्न सके किसानले अभाव महसुस गर्नुपर्दैन । धान बालीका लागि करिब १ लाख ५० हजार टन मल चाहिन्छ । तर, यो वर्ष उक्त परिमाणमा मल नआउँदा किसानले चरम अभाव झेल्नु परिरहेको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले डीएपी मल करिब ५० हजार टन मौज्दात रहेको दाबी गर्नुभयो । युरिया पनि आउने क्रममा रहेको उहाँको भनाइ छ ।

首页上一页123全文 3 下一页

Share this story on

Messenger Pinterest LinkedIn