अफ्रिका र चीनबीचको सहयोगमा मौका छोपेर दुई पक्षको मित्रताका लागि योगदान दिने चाडका युवा इसाको आशा
सन् २०१३ मा चीनले “बेल्ट एण्ड रोड” प्रस्ताव प्रस्तुत गरेको थियो। त्यस अवधिमा चीनको हार्बिनमा अध्ययनरत् चाडका युवा इसाले यो प्रस्तावले आफ्नो जन्मथलोमा धेरै ठूलो परिवर्तन ल्याउने कल्पना गर्नुभएको थिएन। हाल उहाँको आफ्नो काम र जीवन पनि “बेल्ट एण्ड रोड” प्रस्तावसित जोडिएको छ। चीनको “बेल्ट एण्ड रोड” प्रस्तावले अफ्रिकी जनताका लागि सुधार ल्याएको छ।
चीन र अफ्रिकाको सहयोगले प्राप्त गरेको प्रशस्त उपलब्धि इसाको व्यक्तिगत अनुभव होइन। तथ्याङ्कअनुसार, सन् २०२१ को अन्त्यसम्म चीनसित दौत्य सम्बन्ध स्थापना भएका ५३ वटा अफ्रिकी मुलुकमध्ये ५२ वटा मुलुक र अफ्रिकी संघले चीनसँग “बेल्ट एण्ड रोड” को साझा निर्माण गर्ने सहयोगात्मक दस्तावेजमा हस्ताक्षर गरेका छन्। अफ्रिका “बेल्ट एण्ड रोड” को सहयोगमा संलग्न भएको सबैभन्दा महत्वपूर्ण पक्षहरूमध्येको एक बनेको थियो।
इसाको विचारमा अफ्रिकी मुलुक “बेल्ट एण्ड रोड” को साझा निर्माणमा संलग्न भएको कारण एकातिर चीन-अफ्रिका सहयोग मञ्चको प्रारुपमा चीन र अफ्रिकाबीचको व्यावहारिक सहयोगको उपलब्धि क्रमशःदेखिएको छ र अर्कातिर अफ्रिकी मुलुकले चीनसँग विकासको अनुभव सिक्ने आशा लिएका छन्। उहाँ भन्नुहुन्छ ““बेल्ट एण्ड रोड” प्रस्ताव प्रस्तुत भएपछि चीन र अफ्रिकाबीचको सहयोग र मित्रता बढेको छ। धेरै अफ्रिकी मुलुकहरू उक्त प्रस्तावप्रति आशावादी छन्। यो प्रस्तावको प्रारुपमा अझै धेरै चमत्कारको सिर्जना गरिने छ। किनभने चीनको विकास एक चमत्कार हो। त्यसैले धेरै मुलुकहरूले “बेल्ट एण्ड रोड” मार्फत उक्त चमत्कारको कपी गर्ने आशा लिएका छन्।”
“बेल्ट एण्ड रोड” ले इसाको कामका लागि मौका ल्याएको छ। चीनमा अध्ययन गर्दा इसाले सहपाठीसँग व्यापार कम्पनी खोल्नुभएको थियो। उहाँका आँखामा चीनको ठूलो बजारसँगै विविध मौका छन्। इसा भन्नुहुन्छ