अफ्रिका र चीनबीचको सहयोगमा मौका छोपेर दुई पक्षको मित्रताका लागि योगदान दिने चाडका युवा इसाको आशा
“चीनमा स्वरोजगारको सबैभन्दा राम्रो माटो छ। चीनमा एक अर्बभन्दा बढी जनसंख्या छ। चिनियाँहरू मेहनती छन्। चीनमा कुनै पनि व्यक्ति अल्छी हुने कारण छैन।”
सन् २०२१ मा चिनियाँ अन्तर्राष्ट्रिय व्यापार मेलाका उप-मञ्चहरूमध्येको एकको रुपमा रहेको “बेल्ट एण्ड रोड” अन्तर्राष्ट्रिय युवा नवप्रवर्तन स्वरोजगार मञ्चमा इसाले “बेल्ट एण्ड रोड” मुलुकहरूका युवाहरूसँग आफनो स्वरोजगारको अनुभव बाँड्नुभएको थियो।
हालैका वर्षहरूमा चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्सपो, चीन-अफ्रिका आर्थिक तथा व्यापारिक मेलाआदि चौतारोहरूमा दक्षिण अफ्रिकाको सुन्तला, इथियोपियाको कफीआदि अफ्रिकी कृषि उपज चीन बजारमा प्रवेश भएका छन्। इसा भन्नुहुन्छ “हाल चीनले अफ्रिकाको गुणस्तरीय कृषि उपजलाई चीन बजारमा प्रवेश गर्न प्रोत्साहन गरेको छ। अफ्रिकाबाट राम्रो सामान चीनमा ल्याउनसकिन्छ। अफ्रिकी किसान र हामीजस्तै अफ्रिकामा स्वरोजगार गर्ने व्यक्तिहरूले पनि मौका पाउनसक्ने छन्।”
इसाले अफ्रिका र चीनको सहयोग निरन्तर रुपमा गहिरो भैरहेको र यही मौका छोपेर अफ्रिका र चीनबीचको मित्रताका लागि योगदान दिने आशा पनि व्यक्त गर्नुभयो।