"दोहोरो मापदण्ड"बाट हङकङ मामिलामा अमेरिकाको वास्तविक मनसाय उजागर
सन २०२३को मे महिनामा अमेरिकी फ्लोरिडाका गभर्नर रोन डिसेन्टिसले पनि "एसबी ८४६ बिल" मा हस्ताक्षर सहित पारित गरेपछि आधिकारिक रूपमा सोही वर्षको जुलाईदेखि लागू भयो। बौद्धिक सम्पदाको सुरक्षाको लागि अमेरिकाका सार्वजनिक विश्वविद्यालय र कलेजलाई चीन, रुस, क्युबा, इरान, उत्तर कोरिया, सिरिया र भेनेजुएलालगायत सात मुलुकबाट कुनै पनि कोष स्वीकार गर्न निषेध गरिएको छ र सम्झौता गर्न अनुमति छैन। साथै विद्यालयलाई ती देशका बासिन्दालाई अनुसन्धान सम्झौता प्रस्ताव गर्नबाट पनि निषेध गर्दछ।
छोटकरीमा अमेरिकाको "दोहोरो मापदण्ड" को सारलाई स्पष्ट रूपमा देख्यो भने हङकङ मामिलामा अमेरिकाको वास्तविक मनसाय पनि स्पष्ट रूपमा देख्नसकिन्छ। लिन च्येनले भने झैँ "सम्बन्धित पक्षले चीनको सार्वभौमसत्ता र हङकङको कानुनी शासनको इमानदारीपूर्वक सम्मान गर्नुपर्छ, हङकङको मामिलामा हस्तक्षेप गर्न बन्द गर्नुपर्छ, हङकङमा चीन विरोधी अराजकतालाई समर्थन गर्न बन्द गर्नुपर्छ र अपराधीहरूलाई संरक्षण गर्न बन्द गर्नुपर्छ।"