नेपाली

"दोहोरो मापदण्ड"बाट हङकङ मामिलामा अमेरिकाको वास्तविक मनसाय उजागर

criPublished: 2024-06-16 16:42:58
Share
Share this with Close
Messenger Pinterest LinkedIn

जुन १२ तारिख हङकङ विशेष प्रशासनिक सरकारले हङकङ राष्ट्रिय सुरक्षा अध्यादेशबमोजिम लो क्वानछुङ, मङ चाउदा, लिउ चुदी, चङ वनच्ये, हो च्याच, छाइ मिङदा लगायत ६ जनालाई "फरार" भनी दर्जा दिएको छ, र तिनीहरूविरुद्ध सान्दर्भिक कदम चालेको छ। अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, युरोपेली संघले हङकङ सरकारको कदमले अधिकार र स्वतन्त्रताको उल्लङ्घन गरेको दाबी गरेको छ र हङकङको राष्ट्रिय सुरक्षा कानूनको बाह्य क्षेत्रीय प्रयोगको बारेमा चिन्ता व्यक्त गरेको छ। यस सम्बन्धमा चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन च्येनले हङकङ राष्ट्रिय सुरक्षा कानून र हङकङ राष्ट्रिय सुरक्षा नियमले राष्ट्रिय सुरक्षालाई गम्भीर रूपमा खतरामा पार्ने अपराधीहरूको सानो समूहलाई लक्षित गरेको र हङकङका सबै बासिन्दाहरूले उपभोग गर्ने अधिकार र स्वतन्त्रताको संरक्षण गर्ने बताउनुभयो। हङकङको राष्ट्रिय सुरक्षा कानूनको बाह्य क्षेत्रीय प्रयोग अन्तर्राष्ट्रिय कानून र विभिन्न देश र क्षेत्रहरूमा भएको साझा अभ्याससँग पूर्ण रूपमा मिल्दोजुल्दो छ र यसको आलोचना गर्न नसक्ने पनि उहाँले उल्लेख गर्नुभयो।

वास्तवमा राष्ट्रिय सुरक्षा कानूनको कुरामा अमेरिका पक्कै पनि विश्व नेता हो।

अमेरिका राष्ट्रिय सुरक्षालाई सबैभन्दा बढी महत्त्व दिने देश हो र यो संसारमा सबैभन्दा जटिल र व्यापक राष्ट्रिय सुरक्षा कानून भएको देश पनि हो। सन् १९७८को प्राकृतिककरण ऐन देखि सन् १९४७को राष्ट्रिय सुरक्षा ऐनसम्म, सन् २००२को होमल्याण्ड सेक्युरिटी ऐनदेखि सन् २००७को विदेशी लगानी र राष्ट्रिय सुरक्षा ऐनसम्म, अमेरिकाको इतिहास राष्ट्रिय सुरक्षा कानूनहरूको निरन्तर निर्माण, संशोधन र सुधारको इतिहास हो। राजनीति, अर्थतन्त्र, कूटनीति, विज्ञान र प्रविधि, शिक्षा, आदि जस्ता क्षेत्रको विस्तृत दायरालाई समेट्ने अमेरिकामा धेरै प्रकारका राष्ट्रिय सुरक्षा कानूनहरू छन्। त्यसको विशिष्ट तथ्याङ्क फेला पार्न असम्भव छ।

123全文 3 下一页

Share this story on

Messenger Pinterest LinkedIn