नेपाली

असान्ज केसबाट मानिस सामु गरिएको पर्दाफास

criPublished: 2024-05-23 16:30:03
Share
Share this with Close
Messenger Pinterest LinkedIn

बेलायती "द गार्डियन" ले एक सम्पादकीयमा औंल्याएको छ कि अमेरिकाले असान्जको सुपुर्दगीको लागि सोध्नु हुँदैन साथै बेलायतले पनि स्वीकार गर्नुहुँदैन, यदि अमेरिकाले आफूलाई "लोकतन्त्रको ज्योति" मान्छ भने उसले पहिले असान्जका आरोपहरू फिर्ता लिनुपर्छ। "विकीलिक्स" ले सामाजिक संजालमा भन्यो कि असान्ज विरुद्धको मुद्दा अभिव्यक्ति स्वतन्त्रतालाई प्रतिबन्धित गर्न र अरूलाई चेतावनीको रूपमा देखाउने उद्देश्यले गरिएको छ। अस्ट्रेलियाली मिडिया, मनोरन्जन र कला गठबन्धनले असान्ज विरुद्धको आरोप "सबै ठाउँका पत्रकारहरूको अपमान र प्रेस स्वतन्त्रतामा खतरा" भएको बताएको छ।

वास्तवमा अमेरिकी सरकारमाथि संचारमाध्यममा राजनीतिक दबाबको लामो इतिहास छ। असान्जलाई पछ्याउनु र आरोप लगाउनुको अलावा अमेरिकाले लामो समयदेखि स्नोडेनलाई पनि पछ्याउँदै आएको छ जसले "प्रिज्म" कार्यक्रमको पर्दाफास गरे र स्नोडेनको घटना रिपोर्टिङ गर्ने मिडियामा आपराधिक अनुसन्धान गर्ने सुनाए। मिडिया रिपोर्ट अनुसार, सीआईए र सरकारका वरिष्ठ व्यक्तिहरूले असान्जको अपहरण वा हत्या गर्नेबारे पनि छलफल गरेका छन्। इराक युद्धको समयमा एक प्रसिद्ध अमेरिकी पत्रकार पीटर अर्नेटले इराकी मिडियासँगको एक अन्तर्वार्तामा स्वीकार गरे कि अमेरिका युद्धमा "असफल" भएको छ, फलस्वरूप उसलाई एनबीसीले समाचार रिपोर्टिङको वस्तुनिष्ठतालाई खतरामा पारेको निहुँमा तत्कालै उनलाई खारेज गरेको थियो, अमेरिका सरकारले पछाडि बसेर दबाव दिएको निकै स्पष्ट संकेत देखिएको छ।

असान्जकी पत्नीका वकिल स्टेला मोरिसले यसअघि असान्जलाई चुप लगाउने प्रयासमा अमेरिकाले अन्य देशमाथि चाल चालिरहेको बताएकी छन्। उनका अनुसार, असान्ज विरुद्धको मुद्दा शक्तिको स्पष्ट दुरुपयोग हो, यस मुद्दाका धेरै पक्षहरूले अपराधको रूपमा लिएका छन्, जसले देखाउँछ कि उसलाई मानवअधिकारका मुद्दाहरूमा अन्य देशहरूलाई आदेश दिने अधिकार छैन।

首页上一页123全文 3 下一页

Share this story on

Messenger Pinterest LinkedIn