नेपाली

असान्ज केसबाट मानिस सामु गरिएको पर्दाफास

criPublished: 2024-05-23 16:30:03
Share
Share this with Close
Messenger Pinterest LinkedIn

रिपोर्टअनुसार, बेलायती उच्च अदालतले २० तारिख "विकीलिक्स"का संस्थापक असान्जको सुपुर्दगी मुद्दामा फैसला सुनाएको छ र असान्जलाई आफ्नो सुपुर्दगी मुद्दामा पुनरावेदन गर्न अनुमति दिएको छ। यो एक चरण हो जुन असान्जले अमेरिकी आधिपत्य विरुद्धको लडाईँ जितेका छन् तर यो स्पर्धामा उनले अन्तिम जित हासिल गर्न सक्छन् कि सक्दैनन्, हेर्न बाँकी छ।

अफ्गानिस्तान र इराकमा भएका युद्धका क्रममा भएका विभिन्न युद्ध अपराधहरूलाई ढाकछोप गर्न अमेरिकाले जहिले पनि सक्दो प्रयास गरेको छ र त्यस्ता अपराधको पर्दाफास गर्नेहरूलाई आजीवन कारावासको सजाय हुनसक्छ। असान्जले अमेरिकी सेनाद्वारा नागरिक र पत्रकारहरूलाई गोली हानेर मार्ने जस्ता युद्ध अपराधहरूको पर्दाफास गरेका छन् र अन्य देशको आन्तरिक मामिलामा अमेरिकी हस्तक्षेप र छलछाम गर्ने ठूलो परिमाणका प्रमाणहरू पनि खुलासा गरेका छन्, अतः अमेरिकी सरकारले उनलाई १८ वटा मुद्दा लगाएको छ।

यद्यपि, यदि यो सत्यसँग डराउँदैन भने अमेरिकी सरकारले असान्जलाई खोज्न र सुपुर्दगी गर्न किन जोड दिइरहेको छ? यदि वास्तवमै "प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता" लाई समर्थन गर्छ भने अमेरिकाले असान्जलाई किन आरोप लगाउँदैछ? "न्यायिक स्वतन्त्रता" भएको दाबी गर्दै बेलायतले किन सक्रिय रूपमा सहयोग गर्‍यो र असान्जलाई अमेरिकामा सुपुर्दगी गर्न अनुमति दियो?

स्पष्ट रूपमा देखिन्छ कि "प्रेस स्वतन्त्रता" "प्रजातन्त्रको आधारशिला" हो भनी दाबी गरेपनि जब तथ्यहरूले अमेरिकी आधिपत्यलाई धम्की दिन्छ, अमेरिकाले उनीहरूलाई निर्ममतापूर्वक रोक्छ र "ह्विस्टलब्लोअरहरू" लाई सताउने प्रयास पनि गर्दछ, उस्का गठबन्धनले पनि सक्रिय रूपमा सहयोग गर्छन्।

123全文 3 下一页

Share this story on

Messenger Pinterest LinkedIn