नेपाली

चीनलाई लगानी गर्नु नै भविष्यमाथिको लगानी हो

criPublished: 2024-04-11 16:12:50
Share
Share this with Close
Messenger Pinterest LinkedIn

“सन् २०२३ को नोभेम्बर १३ तारिख, तिब्बतको लिच् नाका औपचारिक रूपमा संचालनमा ल्याइएपछि म हरेक बिहान चीन आउँछु र बेलुका नेपाल फर्कन्छु अनि प्रतिदिन पाँच/छ हजार चिनियाँ युआनको व्यापार गर्नसक्छु।” चिनियाँ भाषा राम्रो बोल्नसक्ने नेपाली व्यापारी गायाङले खुशीका साथ भन्नुभयो।

थाहा भएअनुसार, सन् २०२३ मा चीन र नेपालबीचका ३ वटा नाकाबाट आवतजावत कार्गोको वजन १ लाख ४० हजार ५ सय टन पुगेको छ भने गत वर्षको सोही अवधिको तुलनामा ४४.३५ प्रतिशत बढेको छ। साथै ती कार्गोको मूल्य ५ अर्ब १५ करोड ३० लाख चिनियाँ युआन पुगेको छ भने गत वर्षको सोही अवधिको तुलनामा ८३.५८ प्रतिशत बढेको छ। चीन नेपालका दोस्रो ठूलो व्यापारिक साझेदार हो। गत वर्षदेखि तिब्बतका शीर्ष तीन वटा नाकाबाट नेपालतर्फ निर्यात सामानको वर्गमा संरचनात्मक परिवर्तन भएका छन् अर्थात उच्च मूल्यवर्धित वस्तुको अनुपात बढ्दै गएको छ जसबाट नेपाललाई चीनले निर्यात गरेको सामान पुनरावृत्ति स्तरोन्नति प्रतिबिम्बित भएको मात्र होइन तर चिनियाँ सामानबारे नेपालको मागमा आएको गहिरो परिवर्तनलाई पनि प्रतिबिम्बित गरिएको छ।

चीनले बनाएका जलविद्युत केन्द्रले नेपालीका घर उज्यालो बनाएको छ। चीनमा बनेका नयाँ उर्जाका सवारीसाधन नेपालका गल्ली–गल्लीमा देख्न पाइन्छ। चीनमा उत्पादित विभिन्न वस्तु नेपालका हजारौं घरमा पुगेका छन्। त्यसैगरी चीनमा व्यापार, अध्ययन र बसोबास गर्ने नेपालीहरू निरन्तर चीनमा घुलमिल भइरहेका छन् र चीनको मायामा परिरहेका छन् ।

सन २०२३को नोभेम्बर ८ तारिख नेपाल-चीन आर्थिक तथा व्यापार संघ स्थापना भएको २०औँ वार्षिकोत्सवमा आयोजित समारोहलाई नेपाल-चीन आर्थिक तथा व्यापार संघका अध्यक्ष अनुपरञ्जन भट्टराइले सम्बोधन गर्दै चीनको समृद्धिले विश्वलाई विशाल आर्थिक मौका प्रदान गरेको र यो मौका सम्पूर्ण रुपमा प्रयोग गर्नसक्ने नेपालको आशा रहेको व्यक्त गर्नुभयो।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn