नेपाली

चीनलाई लगानी गर्नु नै भविष्यमाथिको लगानी हो

criPublished: 2024-04-11 16:12:50
Share
Share this with Close
Messenger Pinterest LinkedIn

गत महिना नेपालका उप-प्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पैचिङमा चीनका परराष्ट्रमन्त्री वाङ यीसँग भेटवार्ता गर्दै बेल्ट एन्ड रोड इनिशिएटिभ विश्वको विकास र समृद्धिको लागि हितयुक्त छ भने नेपालले चीनसँग बेल्ट एन्ड रोड सहयोगलाई बढाउने इच्छा लिनुका साथै विश्व विकास इनिशिएटिभमा संलग्न हुने निर्णय गरेको व्यक्त गर्नुभयो। यसबाहेक दुई पक्षले १४ वटा परम्परागत सीमा व्यापारिक नाका पुन: खोलेर व्यापार, लगानी, पर्यटन लगायत क्षेत्रका व्यवहारिक सहयोगलाई बढाउन मतैक्यता जुटाउनुभयो।

चीन र नेपालबीच घनिष्ठ हुँदैआएको आर्थिक तथा व्यापारिक सहयोगबाट चीनको विकासबारे नेपालको उच्च मान्यता झल्काइएको छ साथै चीनको आर्थिक विकासबारे विश्वको विश्वास पनि प्रतिबिम्बित गरिएको छ।

हाल विश्वको नामी व्यवस्थापन परामर्श कम्पनी केर्नीले सन् २०२४ विश्व वैदेशिक प्रत्यक्ष लगानी विश्वास सूचकांक प्रतिवेदन सार्वजनिक गरी चीनको र्याङ्किङलाई गत वर्षको सातौँ स्थानबाट तेस्रो स्थानमा उकासेको छ त्यसैगरी उदीयमान बजारको सूचीमा चीन शीर्ष स्थानमा बसेको छ। यसप्रति चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले प्रतिकृया दिँदै असल लगानी वातावरण र उच्च स्तरीय वैदेशिक खुलापनले विदेशी उद्योगले चीनमा लगानी गर्ने विश्वासलाई बढाएको जानकारी दिनुभयो।

प्रवक्ता माउ निङले भन्नुभएझैँ चीनमा लगानी गर्नु नै भविष्यलाई लगानी गर्नु बराबर हो। चीनले व्यापारिक वातावरणमा अरू सुधार गरी नयाँ गुणस्तरीय उत्पादन शक्तिको विकास गरेबाट जीत-जीत सहयोगको स्पेसलाई विस्तृत गरेर विश्वसँग चिनियाँ बजार र विकास लाभ शेयर गर्नेछ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn