नेपाली

चीनको सुधार तथा खुलापन-विश्वमा बढेको प्रभाव

criPublished: 2023-12-19 16:27:43
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनको खुलापन तथा सहयोगले दिएको नयाँ मौका भन्दै नेपालको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले “बेल्ट एण्ड रोड”को प्रारूपमा नेपाल र चीनले धेरै सहयोग गरेको, त्यसमा पोखरा र लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण आदि छन् भन्ने कुरा बताउनुभएको छ। उहाँका अनुसार, यी सबैले राष्ट्राध्यक्ष सी चिनफिङबाट प्रस्तुत अन्तर्राष्ट्रय सहयोग बढाउने र विश्वको साझा विकास गर्ने “मानव भाग्य समुदाय”को विचारधारालाई व्यवहारमा उतारेका छन्।

सय वर्षमा विश्वमा अभूतपूर्व ठूला परिवर्तनहरूको सामना गर्दै चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले मानवजातिको संयुक्त भाग्य समुदाय निर्माण गर्ने अवधारणालाई रचनात्मक रूपमा अगाडि सारी विश्वको भविष्य तथा विकासको दिशा देखाउनुभएको छ। उहाँले बारम्बार जोड दिँदै भन्नुभयो कि चीनको खुलापनको ढोका फराकिलो हुँदै जाने छ र यसले उच्च गुणस्तरीय विकासले चिनियाँ शैलीको आधुनिकीकरणलाई व्यापक रूपमा अघि बढाउँदै जानेछ। यसै क्रममा विभिन्न देशहरू बीचको खुलापन र सहयोगका लागि नयाँ अवसरहरू प्रदान गर्दै जानेछ।

सुधार तथा खुलापन, चीनको दोस्रो क्रान्ति मानिन्छ जसबाट चीनलाई गहन रूपमा परिवर्तन गरेको मात्र होइन, विश्वमा गहिरो प्रभाव पारिरहेको छ। उच्च गुणस्तरिय विकासमार्फत् चिनियाँ शैलीको आधुनिकीकरणलाई अघि बढाउने नयाँ यात्रामा, चीनले सुधारलाई गहन पार्दै थप "वासन्ती कथाहरू" लेख्दै जाने छ।

首页上一页123 3

Share this story on

Messenger Pinterest LinkedIn