नेपाली

चीनको सुधार तथा खुलापन-विश्वमा बढेको प्रभाव

criPublished: 2023-12-19 16:27:43
Share
Share this with Close
Messenger Pinterest LinkedIn

४५ वर्षअघि सन् १९७८ को डिसेम्बरमा चिनियाँ कम्युनिष्ट पार्टीको ११ औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकका अवसरमा चीनले सुधार तथा खुलापनको ऐतिहासिक यात्रा सुरु गरेको थियो। त्यति बेलादेखि, सुधार तथा खुलापनको वासन्ती हावाले चीनको विकासको पौराणिक कथाको पाना पल्टाइरहेको छ।

चीनको सुधार तथा खुलापनबाट विश्वलाई के फाइदा भएको छ?

पहिलो, चीन नै विश्व अर्थव्यवस्थाको विकासका लागि एक नयाँ प्रेरक शक्ति बनेको छ। चीन विश्वको कुल जनसंख्याको लगभग पाँच भागमध्येको एक भएको अर्थव्यवस्था हो। विगत ४५ वर्षमा, विशेष गरी बितेका १० वर्षमा, चीनले विश्व स्तरीय व्यावसायिक वातावरण सिर्जना गरेको छ र अन्तर्राष्ट्रिय क्षेत्रमा पूँजी प्रवाहको वैज्ञानिक संचालनका लागि सहयोग तथा समर्थन दिइरहेको छ।

नेपाली व्यापारी विष्णु दुमरू यो परिवर्तनको साक्षी हुनुहुन्छ। उहाँले चिनियाँ यी वुमा २२ वर्षदेखि व्यापार गरिरहनुभएको छ। २२ वर्षमा यी वु “चीनको कमोडिटी सिटी” बाट “विश्वको कमोडिटी राजधानी”सम्ममा विकसित भएको छ। उहाँका अनुसार, “बेल्ट एण्ड रोड” बढ्नुका साथै यी वुबाट नेपालसम्म समानको ढुवानी अझै सुविधजनक र तीव्र बन्दैछ।

विष्णु दुमरूले “बेल्ट एण्ड रोड” प्रस्ताव चीनले दश वर्षअघि प्रस्तुत गरेकाले यो सुविधा ल्याइएको हो।

हालसम्म चीनले प्रस्तुत गरेको बेल्ट एण्ड रोड अवधारणामा विश्वका १५० भन्दा बढी देशहरू र ३० भन्दा बढी अन्तर्राष्ट्रिय संगठनहरूको सहभागिता छ। सम्बद्ध मुलुकहरूमा पूर्वाधार निर्माण क्रमशः सुधार भएको छ। कृषि, ऊर्जा, मानवीय सहयोग, स्वास्थ्य, वित्त, विज्ञान र प्रविधि लगायतका क्षेत्रहरूलाई ओगट्ने बीआरआई परियोजनाहरूबाट सम्बद्ध देश र क्षेत्रका जनतालाई वस्तुगत फाइदा प्रदान गरिराखेको छ।

123全文 3 下一页

Share this story on

Messenger Pinterest LinkedIn