नेपाली

चीनको सुधार तथा खुलापन-विश्वमा बढेको प्रभाव

criPublished: 2023-12-19 16:27:43
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनले क्रमिक रूपमा अन्तर्राष्ट्रिय निर्यात एक्स्पो जस्ता ठूला अन्तर्राष्ट्रिय एक्स्पोहरू आयोजना गरिरहेको छ। चीनले बहुपक्षीय सहयोग संयन्त्रहरूको संरक्षण गर्दै विश्वव्यापी र क्षेत्रीय आर्थिक विकासको जगलाई स्थिर बनाएको छ जसबाट आर्थिक विश्वव्यापीकरण र क्षेत्रीय एकीकरणको प्रक्रियालाई अघि बढाइरहेको छ।

दोस्रो, चीनले मानवजातिको आधुनिकीकरणका लागि नयाँ बाटो खोलेको छ। आधुनिकीकरणलाई साकार पार्नु नै विश्वका विभिन्न देशका मानिसहरूको साझा प्रयास हो। सुधार र खुलापनबाट चीनले आफ्ना उत्पादक शक्तिलाई मुक्त र विकसित गरेको छ अनि बिस्तारै चिनियाँ शैलीको आधुनिकीकरणको मार्गमा अघि बढिरहेको छ। चिनियाँ शैलीको आधुनिकीकरणले विकासोन्मुख देशहरूका लागि आधुनिकीकरणको मार्ग फराकिलो बनाएको छ र विश्वमा अझ बढी देशहरूका लागि नयाँ सन्दर्भ र छनौट प्रदान गरेको छ।

विकासोन्मुख मुलुकको रुपमा अग्रसर भइरहेको नेपालका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले समाजवादी मोड अर्थात् चिनियाँ विशेषतायुक्त समाजवादको निर्माणमा चिनियाँ कम्युनिष्ट पार्टीले ठूलो सफलता हासिल गरेको विचार व्यक्त गर्नुभएको छ। विश्वव्यापी रूपमा विकास र समाजिक न्याय खोज्ने कम्युनिष्ट पार्टी र जनताका लागि यसले प्रोत्साहन गरेको छ। नेपालले पनि चिनियाँ अनुभव सिक्न खोजेको र चीनको अनुभव ज्यादै महत्वपूर्ण भएको उहाँले प्रकट गर्नुभएको छ।

तेस्रो, विश्वव्यापी शासनव्यवस्था प्रणालीको विकास तथा सुधारलाई बढाइरहेको छ। हिजोआज मानवजातिको भविष्य र भाग्य फेरि एकपटक दोबाटोमा आइपुगेको छ। यही वर्षको मार्चमा चीनको तत्वावधान र प्रयासमा साउदी अरेबिया र इरानले दौत्य सम्बन्ध पुनर्स्थापना गर्ने निर्णय गरे। जसले गर्दा विश्व शान्ति र विकासमा आशा ल्याइएको छ।

首页上一页123全文 3 下一页

Share this story on

Messenger Pinterest LinkedIn