नेपाली

नेपालको उज्ज्वल भविष्य #समाचार सन्दर्भ

CRIPublished: 2022-11-25 14:41:50
Share
Share this with Close
Messenger Pinterest LinkedIn

साथसाथै, नेपालमा पहिलो क्रस बेसिन वाटर डाइभर्सन परियोजना बबई वाटर डाइभर्सन सुरूङ सन् २०१९ को अप्रिल १६ मा सम्पन्न भएको थियो। निर्माणाधीन सुनकोशी-मरिन वाटर डाइभर्सन सुरुङ परियोजना सन् २०२५ को अगष्टमा पूर्ण रुपमा पूरा हुने अपेक्षा गरिएको छ। परियोजना संचालनमा आएपछि तराई क्षेत्रको १.२२ लाख हेक्टर खेतीयोग्य जमिनमा सिँचाइको सुविधा पुर्याइने छ। साथै २८.६२ मेगावाट क्षमताको जलविद्युत् स्टेशनबाट आसपासका क्षेत्रमा विद्युत्को अभाव अवस्थालाई घटाइने छ। यसै कारणले नेपाली सञ्चारमाध्यमले उक्त परियोजनालाई 'राष्ट्रिय गौरवको आयोजना' को नाम दिएका छन्।

जलविद्युत परियोजनाको निर्माणमा अरू अतिरिक्त लाभहरू छन्। उदाहरणका लागि,चिनियाँ व्यवसायीले परियोजनाको सहज निर्माण गर्न वरिपरिका क्षेत्रमा भौतिक संरचनाहरू राजमार्ग र पुलको निर्माण गरेका छन्। यसबाहेक परियोजनाले स्थानीय रोजगारी पनि प्रदान गरेको छ।

नेपालमा सन् २०१३ मा प्रकाशित विश्वविद्यालय शिक्षण पुस्तक ‘जलविद्युत परियोजना’ मा,सर्वप्रथम चिनियाँ व्यवसायीले नेपालमा निर्माण गरेका तीनवटा परियोजनाको जानकारी दिइएको छ——माथिल्लो तामाकोशी जलविद्युत परियोजना,कुलेखानी जलविद्युत परियोजना,माथिल्लो मर्स्याङ्दी ए परियोजना। उक्त शिक्षण पुस्तकमा यसरी लेखिएको छ:यी परियोजना सञ्चालन भएपछि,नेपाली जनतालाई पर्याप्त विद्युत पुर्याउनुकासाथै नेपाली विद्युत प्रणालीको अस्थिर अवस्थामा व्यापक सुधार हुनेछ।

पुस्तकमा लेखिएको विषय साकार तुल्याउँदै गएको छ। नेपाली साथीले पनि मलाई भने कि अहिले नेपालमा विद्युत अभावको अवस्थामा सुधार भएको छ र धेरै ठाउँमा पावरकट लोप हुँदैगएको छ।

首页上一页123全文 3 下一页

Share this story on

Messenger Pinterest LinkedIn