नेपाली

नेपालको उज्ज्वल भविष्य #समाचार सन्दर्भ

CRIPublished: 2022-11-25 14:41:50
Share
Share this with Close
Messenger Pinterest LinkedIn

केही दिनअघिको एउटा रिपोर्टले मेरो ध्यान तानेको छः चिनियाँ उद्यमीको लगानीका साथै विकास र निर्माण गरेको नेपालको माथिल्लो मर्स्याङ्दी ए जलविद्युत् स्टेशन सन् २०१७ मा सञ्चालनमा आएदेखि जम्मा गरी कूल दुई अर्ब किलोवाट विद्युत् उत्पादन गरेको छ जसबाट नेपालको विद्युत् अभाव अवस्थालाई प्रभावकारी रुपमा कम पारिएको छ। नेपालको विद्युत् अभाव कम गर्न माथिल्लो मर्स्याङ्दी जलविद्युत् स्टेशनले उल्लेखनीय योगदान गरेकोले हालै नेपालका उपराष्ट्रपति नन्दबहादुर पुनले माथिल्लो मर्स्याङ्दी जलविद्युत परियोजनालाई "जलविद्युत् उद्योगको विशेष योगदान पुरस्कार" प्रदान गर्नुभएको थियो।

यो समाचार सुनेर मलाई सन् २००९ मा नेपालमा अध्ययन गर्दाको समय याद आयो। त्यतिबेला नेपालमा विद्युत्को गम्भीर अभाव थियो। म बसेको त्रिभुवन विश्वविद्यालयमा प्रतिदिन ६–८ घण्टा विद्युत् आपूर्ति हुँदैनथ्यो र सुख्खा याममा विद्युत्को कटौती झनै चर्को थियो।

उत्पादन र दैनिक जीवनमा बिजुलीको ठूलो आवश्यकता हुन्छ। कमजोर विद्युत पूर्वाधारले नेपालको औद्योगिक विकास, सामाजिक प्रगति र जनताको जीवनस्तरमा ठूलो असर पारेको देखियो।

खुसीको कुरा के हो भन्ने बितेका वर्षहरूमा "बेल्ट एण्ड रोड" अवधारणाको प्रस्तावमा केही चिनियाँ उद्यमीले नेपालमा जलविद्युत स्टेशनको निर्माण गरेका छन्। माथिको समाचारमा उल्लेखित माथिल्लो मर्स्याङ्दी ए जलविद्युत स्टेशन तीमध्ये एक मात्र हो। चालू वर्षको मार्चमा चिनियाँ उद्यमीले निर्माण गरेको माथिल्लो तामाकोशी जलविद्युत् स्टेशन पनि पूर्ण रुपमा सञ्चालनमा आएको छ जसले गर्दा नेपालमा विद्यमान विद्युत अभाव अवस्थालाई धेरै हदसम्म कम पारेको छ। साथै यो नेपालको ऊर्जा संरचनाको समायोजन र हरित विकासको प्रवर्द्धनको लागि अर्थपूर्ण भएको छ।

123全文 3 下一页

Share this story on

Messenger Pinterest LinkedIn