सी चिनफिङ र फिनल्याण्डका राष्ट्रपति स्टबबीचको वार्ता
भेटमा फिनल्याण्डका राष्ट्रपति स्टबले राष्ट्रपति भएपछि चीनको भ्रमणमा आउँदै धेरै खुशी लागेको बताउँदै बितेका १४ वर्षमा राष्ट्राध्यक्ष सीसँग फेरि भेटवार्ता भएकोमा प्रसन्नता प्रकट गर्नुभयो। त्यसयता विश्वको परिस्थितिमा ठूलो परिवर्तन आएको भन्दै उहाँले चीनमा उज्वल विकासको नतिजाहरू हासिल भएको चर्चा गर्नुभयो।
कूटनीतिक सम्बन्ध स्थापना भएका ७४ वर्षहरूमा, फिनल्याण्ड र चीनले पारस्परिक सम्मान गरिरहेका छन् र सच्चा तथा समान रूपमा आदानप्रदान गरिरहेका छन्। द्विपक्षीय सम्बन्धमा असल विकास कायम राख्दै, सहकार्य क्षेत्र विस्तृत गर्दै र फलदायक नतिजाहरू हासिल भएका छन्।
दुई पक्षले युक्रेन संकट तथा इजरायल र प्यालेस्टाइनबीचको संघर्ष जस्ता मद्दामा गहिरो रूपमा छलफल गरेका छन्। सी चिनफिङले चीनको सिद्धान्तबारे व्याख्या गर्नुभयो। उहाँले शान्त रूपमा संकट समाधान गर्नुपर्नेमा फिनल्याण्ड र अरू सम्बन्धित पक्षहरूसँग संयुक्त रूपमा प्रयास गरेर सकारात्मक भूमिका राख्ने इच्छा व्यक्त गर्नुभएको छ।
सोही राती सी चिनफिङ र उहाँकी श्रीमती फङ लीयुआनले जन बृहत् सभाभवनमा स्टब दम्पतिको स्वागतमा रात्रीभोजको आयोजना गर्नुभयो।
चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य तथा परराष्ट्र मन्त्री वाङ यीले उक्त गतिविधिहरूमा सहभागिता जनाउनुभयो।