नेपाली

सी चिनफिङद्वारा जी २०को १९औँ शिखर सम्मेलनलाई महत्वपूर्ण सम्बोधन

criPublished: 2024-11-19 10:05:38
Share
Share this with Close
Messenger Pinterest LinkedIn

स्थानीय समयअनुसार, १८ तारिख बिहान चीनका राष्ट्राध्यक्ष सी चिनफिङ ब्राजिलको रियो दि जेनेरियोमा जी २०को १९औँ शिखर सम्मेलनमा उपस्थित हुनुभएको छ। “भोक र गरिबीसँग लड्ने” विषयबारे छलफल गर्दै सी चिनफिङले “साझा विकासको न्यायपूर्ण संसार निर्माण” शीर्षकमा महत्वपूर्ण सम्बोधन पनि गर्नुभएको छ।

सो अवसरमा सी चिनफिङले भन्नुभयो: साझा विकासको न्यायपूर्ण संसारको निर्माण गर्न हामीले व्यापार लगानी, विकास सहयोगलगायत क्षेत्रमा स्रोत लगानी बढाउनुका साथै सहयोगलाई प्रवर्द्धन गर्नुपर्छ, दिगो उत्पादन र जीवनशैली अपनाउन र जलवायु परिवर्तनको उचित रूपमा सामना गरी पारिस्थितिक सभ्यता निर्माण गर्न विकासोन्मुख मुलुकलाई समर्थन गर्नुपर्छ, खुला, समावेशी र भेदभावरहित अन्तर्राष्ट्रिय आर्थिक सहयोगको वातावरण सिर्जना गरी उत्तर र दक्षिणबीचको खाडललाई कम गर्नुपर्छ, बहु-पक्षीयवादमा अडिग रहनुपर्छ।

सी चिनफिङले चीन सधैँ ग्लोबल साउथको सदस्य, विकासोन्मुख मुलुकको भरपर्दो दीर्घकालीन साझेदार, विश्वव्यापी विकासको समर्थन गर्ने कार्यकर्ता भएको भन्दै आधुनिकीकरण हासिल गर्न विकासशील मुलुकसँग मिलेर काम गर्ने इच्छा चीनले लिएको दोहोर्याउनुभयो।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn