नेपाली

राष्ट्राध्यक्ष सी र पिता: दुई पुस्ता पार्टी सदस्यबीचको हस्तान्तरण

criPublished: 2021-06-19 17:16:50
Share
Share this with Close
Messenger Pinterest LinkedIn

राष्ट्राध्यक्ष सी चिनफिङ र उहाँका बुवा सी चुङस्युन दुवै इमान्दार चिनियाँ कम्युनिष्ट पार्टीका सदस्य हुनुहुन्छ। चिनियाँहरूका आँखामा सर्वसाधारणबाट जन्मिएका नेताको रूपमा सी चुङस्युन सधैँ नै जनतामाझ उभिरहनुहुन्छ। उहाँको जीवन क्रान्तिको जीवन हो, युद्धको जीवन हो र जनतालाई सम्पूर्ण मन दिएर सेवा गर्ने जीवन हो।

सी चिनफिङले बुवाप्रति गौरव गर्नुका साथै बुवाबाट धेरै मूल्यवान गुणवत्ता सिक्नुभयो। बुवा सी चुङस्युन जस्तो सी चिनफिङ पनि सर्वसाधारण लक्षित, सर्वसाधारण निर्भर, सर्वसाधारणबाट सर्वसाधारणतर्फ भन्ने सर्वसाधारण लाइनमा अडिग रहने गर्नुहुन्छ। सी चुङस्युङको विचारमा नेता र सर्वसाधारण समान हुन् र नेता सर्वसाधारणमाझ बस्नुपर्छ। सी चिनफिङले बुवाको कार्य शैलीको बिँडो थाम्नुभयो। उहाँले भन्नुभयो कि जुन पार्टीको सदस्य र कार्यकर्ता भएपनि जनताको सेवा गर्ने जिम्मा र कर्तव्य मात्रै छ तर अधिकारी बन्न खोजेमा हित छैन।

सी चुङस्युनले अनुसन्धानमा ध्यान दिइरहनुहुन्थ्यो। उहाँ कार्यालयबाट निस्केर सर्वसाधारणबीच गई सर्वसाधारणबाट सबभन्दा लायक र सही उपाय खोज्ने गर्नुहुन्थ्यो।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn