राष्ट्राध्यक्ष सी चिनफिङद्वारा ब्रिक्स देशका नेताहरूको १६ औं बैठकमा महत्वपूर्ण सम्बोधन
चार, 'न्यायोचित ब्रिक्स' निर्माण गर्दै विश्व शासन प्रणालीको सुधारमा अगुवा बन्न आवश्यक छ। वित्तीय पूर्वाधारको अन्तरसम्बन्धलाई बढाउने, उच्चस्तरीय वित्तीय सुरक्षाको संरक्षण गर्ने, नयाँ विकास बैंकको विस्तार र सुदृढीकरण गर्ने र विश्व आर्थिक परिदृश्यमा आएको परिवर्तनलाई अझ राम्रोसँग प्रतिबिम्बित गर्न अन्तर्राष्ट्रिय वित्तीय प्रणालीलाई सुधार गर्नुपर्छ।
पाँच, हामीले 'मानवतावादी ब्रिक्स' निर्माण गर्दै सभ्यता र सहजीवनको हिमायती बन्नुपर्छ। शासन व्यवस्था सम्बन्धि अनुभवको आदानप्रदानलाई मजबुत पार्दै विभिन्न सभ्यताहरुको समावेशी सह-अस्तित्वको आह्वान गर्नुपर्छ। आगामी ५ वर्षमा ब्रिक्स देशहरूमा १० वटा विदेशी अध्ययन केन्द्रहरू स्थापना गरिनेछ जसले एक हजार जना शिक्षा प्रशासकहरू, शिक्षकहरू र विद्यार्थीहरूलाई प्रशिक्षणको अवसर प्रदान गर्ने आशा गरिएको छ।
ब्रिक्स मुलुकहरू सँगै मिलेर मानव जातिको भाग्य एकरुपताको निर्माण गर्दै जान चीन इच्छुक रहेको कुरा पनि सीले उद्घोष गर्नुभयो।