राष्ट्राध्यक्ष सी चिनफिङद्वारा ब्रिक्स देशका नेताहरूको १६ औं बैठकमा महत्वपूर्ण सम्बोधन
स्थानीय समयअनुसार अक्टोबर २३ तारिख बिहान चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ब्रिक्स देशका नेताहरूको १६औं बैठकको विशेष सत्रमा भाग लिएर ब्रिक्सको भावी विकासका विषयमा ५ बुँदे प्रस्ताव प्रस्तुत गर्नुभएको छ।
राष्ट्राध्यक्ष सीले हाल विश्व नयाँ अशान्त परिवर्तनको युगमा प्रवेश गरी महत्त्वपूर्ण निर्णयहरूको सामना गरिरहेको भन्दै सबैले लहरको अगाडि साहसका साथ उभिएर ‘ठूलो ब्रिक्स सहकार्य’को उच्च गुणस्तरीय विकासको नयाँ अध्याय लेख्नुपर्ने कुरामा जोड दिनुभयो।
राष्ट्राध्यक्ष सीले सम्बोधनका क्रममा प्रस्तुत गर्नुभएका ५ बुँदे प्रस्ताव यसप्रकार छन् -
एक, हामीले शान्तिपूर्ण ब्रिक्सको निर्माण गर्नुपर्छ र हामी साझा सुरक्षाको संरक्षणकर्ता बन्नुपर्छ। हामीले युक्रेन सङकटको परिस्थितिलाई छिटोभन्दा छिटो गरी शिथिल पार्नुपर्छ। गाजा क्षेत्रमा चाँडै नै युद्धविरामलाई साकार तुल्याउनुपर्छ र सम्पूर्ण, निष्पक्ष र स्थायी रूपमा प्यालेष्टाइन समस्याको समाधानका लागि अथक प्रयास गर्नुपर्छ।
दुई, ‘नवाचार ब्रिक्स’को निर्माण गर्नुपर्ने र उच्च गुणस्तरको विकासका लागि अग्रणी बन्नुपर्छ। चीनले ब्रिक्स देशहरूको गहिरो समुद्री स्रोत सम्बन्धी अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्र, ब्रिक्स देशका विशेष आर्थिक क्षेत्र सम्बन्धी चीन सहयोग केन्द्र, ब्रिक्स देशका औद्योगिक क्षमता सम्बन्धी चीन केन्द्र र ब्रिक्स देशका डिजिटल उद्योग इकोसिस्टम सहयोग सञ्जाल स्थापना गर्नेछ।
तीन, हामीले ‘हरित ब्रिक्स’को निर्माण गर्नुपर्छ। हामी दिगो विकासलाई व्यवहारमा उतार्ने व्यक्ति बन्नुपर्छ। ब्रिक्स मुलुकहरूसित हरित व्यवसाय, स्वच्छ उर्जा र हरित खानी सम्बन्धी सहकार्यको परिधि विस्तार गर्नुका साथै सम्पूर्ण व्यावसायिक लाइनको हरित विकासलाई अघि बढाउँदै आपसी यथेष्ट गुणस्तरीय सहकार्यलाई उकास्दै जान चीन इच्छक छ।