नेपाली

चीन-रुस दौत्य सम्बन्ध स्थापनाको ७५औँ वर्षगाँठका अवसरमा दुई देशका राष्ट्रनायकबीच बधाई आदानप्रदान

criPublished: 2024-10-02 16:01:17
Share
Share this with Close
Messenger Pinterest LinkedIn

बधाई सन्देशमा राष्ट्रपति पुटिनले रुस र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५औँ वर्षगाँठका अवसरमा हार्दिक बधाई दिन चाहेको बताउनुभयो। रुस र चीनबीचको घनिष्ठ, पारस्परिक लाभकारी सम्बन्धले समयको कसौटीमा सफलतापूर्वक पास गरेको भन्दै उहाँले रुस र चीनबीचको सम्बन्ध अहिलेसम्मकै उच्च स्तरमा रहेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, ‘हामी दुवै पक्षले राजनीतिक, आर्थिक तथा व्यापार, विज्ञान तथा प्रविधि लगायतका क्षेत्रमा सक्रियतापूर्वक सहकार्य गरिरहेका छौं, अन्तर्राष्ट्रिय र क्षेत्रीय मामिलामा कुशलतापूर्वक सहकार्य गरिरहेका छौं र न्यायोचित बहुध्रुवीय विश्व ढाँचा निर्माण गर्न सँगै काम गरिरहेका छौं। मलाई विश्वास छ कि दुवै पक्षले राष्ट्राध्यक्ष सी चिनफिङसँगको भेटमा भएको शृङ्खलाबद्ध सहमतिलाई पूर्ण रूपमा कार्यान्वयन गर्ने छौं, नयाँ युगका लागि रूस-चीन व्यापक रणनीतिक साझेदारी सम्बन्धलाई अझ सुदृढ पार्नेछौं र युरेसिया र विश्वमा सुरक्षा र स्थिरतालाई बढाउने छौं।’

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn