चीन-रुस दौत्य सम्बन्ध स्थापनाको ७५औँ वर्षगाँठका अवसरमा दुई देशका राष्ट्रनायकबीच बधाई आदानप्रदान
अक्टोबर २ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५औँ वर्षगाँठका उपलक्ष्यमा बधाई सन्देश आदानप्रदान गर्नुभएको छ।
सन्देशमा चिनियाँ राष्ट्राध्यक्ष सीले चीन र रुस एकअर्काका ठूला छिमेकी, विश्वशक्ति र उदीयमान बजारका प्रमुख मुलुकहरु भएको कुरा उल्लेख गर्नुभएको छ। आजभन्दा ७५ वर्षअघि कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै चीन र रुस दुवै मुलुकले दुई देश र जनताका आधारभूत हित आधारित ऐतिहासिक अनुभवलाई गहन निचोडका आधारमा चीन-रुस सम्बन्धलाई निरन्तर स्तरोन्नति गर्न अघि बढिरहेका छन्।
राष्ट्राध्यक्ष सीले अगाडि भन्नुभयो, ‘विशेषगरी, नयाँ युगको सुरुवातदेखि नै राष्ट्रपति पुटिन र मबीचको संयुक्त रणनीतिक मार्गदर्शनमा एक शताब्दीमा नदेखिएका ठूला परिवर्तनको सामना गर्दै दुवै पक्षले राजनीतिक पारस्परिक विश्वासलाई अझ प्रगाढ बनाउँदै व्यावहारिक सहकार्यमा उल्लेखनीय उपलब्धि हासिल गरेका छन्। साथै पुस्तौंदेखिको मित्रतालाई प्रगाढ बनाउँदै दुई देशका जनताको हित कल्याण बढाउन, समान र व्यवस्थित विश्वको बहुध्रुवीकरण र समावेशी आर्थिक विश्वव्यापीकरणलाई बढाउनको लागि महत्वपूर्ण योगदान पुर्याइरहेका छौं।’
बधाई सन्देशमा सी चिनफिङले चीन-रुस सम्बन्धको विकासलाई निकै महत्व दिइरहेको उल्लेख गर्दै दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाभएको ७५औँ वार्षिकोत्सवको मौका पारेर द्विपक्षीय सम्बन्धको दिशालाई दृढतापूर्वक ग्रहण गर्नुका साथै चीन-रुस चौतर्फी व्यावहारिक सहयोगलाई निरन्तर विस्तार गर्ने, दुई देशको उच्चस्तरीय विकास र आधुनिकीकरणलाई संयुक्त रूपमा प्रवर्द्धन गर्ने आशा गर्नुभएको छ।
विश्व शान्ति र स्थिरता कायम गर्न र मानव जाति संयुक्त भाग्य समुदाय निर्माण गर्न नयाँ योगदान पुर्याउने काम राष्ट्रपति पुटिनसँग गर्ने इच्छुक रहेको पनि राष्ट्राध्यक्ष सीले बताउनुभयो।