नेपाली

#अल्पसंख्यक जाति# तिब्बती शाननान शहर- बालुवाभूमिबाट हरित बनमा परिवर्तन-१

CRIPublished: 2022-06-14 17:34:38
Share
Share this with Close
Messenger Pinterest LinkedIn

ब्रह्मपुत्र नदी तिब्बत स्वायत्त प्रदेशको शाननान शहरमार्फत प्रवाह हुँदा किनारामा हरियो जंगल फैलिएको छ। यो पठारभूमिको उपत्यकामा ज्यादै दुर्लभ दृश्य हो। नदीको किनारमा शाननान शहरीय चानाङ जिल्लाका ६३ वर्षे बुद्ध प्याज्यु वन क्षेत्रमा हिंडिरहनुभएको छ। बाल्यकालमा उहाँको सपना हाल साकार भएको छ।

“पहिला नदीको किनारामा कुनै रूख थिएन।” प्यानज्युले भन्नुभयो। त्यसबेला हिउँद र वसन्त ऋतुमा नदी सुख्खा हुनुका साथै सधैं बालुवाको आँधी चल्थ्यो। रोपिएका बाली बालुवामा पुरिन्थे वा हावाबाट ध्वस्त हुन्थे।

प्यानज्युको यादमा बाल्यकालमा स्थानीय बासिन्दाको घरमा थोरै मात्र रूख जोगिन सक्थे। नदीको किनारामा रूख रोपिन्छ भन्ने कुरा सोचाइ बाहिरको थियो। एक दिन प्यानज्युले भेडा चराउने क्रममा किनाराको छेउमा बइँसका केही हाँगाहरू रोप्नुभयो। उहाँको हेरचाहमा ती बइँसका हाँगाहरू बिस्तारै बढेर ठूला रूख बने। यस्तो दृश्य देखेर उहाँलाई ज्यादै खुशी लाग्यो।

सन् १९६७ मा ली छुनलु नामक युवा कृषि विद्यालयबाट स्नातक भएर तिब्बतमा पुग्नुभयो। शाननान जाने बाटोमा उहाँले ठूलो बालुवाको आँधी देख्नुभयो। नदीको किनारमा व्यापक बालुवाको थुप्रो देखेर उहाँले वृक्ष रोपण गर्दा कति राम्रो होला भन्ने विचार गर्नुभयो।

सन् १९८२ मा ली छुनलुले शाननान शहरीय कृषि तथा पशुपालन ब्युरोको वनस्पति विभागमा काम गर्न थाल्नुभयो। उहाँको पहिलो योजना ब्रह्मपुत्र नदीको किनारामा अझ बढी रूख रोप्ने थियो। त्यसबेला धेरै मान्छेहरूले उहाँको योजनालाई अस्वीकार गरेका थिए।

ली छुनलुले प्राविधिक कर्मचारीको नेतृत्व गरेर पुनः अनुसन्धान गर्नुभयो। उहाँहरूले कहिलेकाहीँ भेडाको छालाबाट बनाइएका राफ्टिङ मार्फत् नदीको जल अवस्था जाँच गर्नुहुन्थ्यो त कहिले पर्वतारोहण गरेर स्थानीय भौगोलिक तथा जल अवस्थाको अवलोकन गर्नुहुन्थ्यो।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn