नेपाली

#अल्पसंख्यक जाति# तिब्बती संस्कृतिको उत्तराधिकार तथा विकास

criPublished: 2022-04-05 16:04:51
Share
Share this with Close
Messenger Pinterest LinkedIn

प्रजातान्त्रिक सुधारपछि, तिब्बतका विभिन्न क्षेत्र तथा जिल्लामा माध्यमिक विद्यालय र प्राथमिक विद्यालयहरूको स्थापना भयो र अधिकाँश बस्ती तथा केही गाउँमा प्राथमिक विद्यालयको स्थापना भयो। सन् १९६१ मा, तिब्बतको पहिलो शिक्षक विद्यालय अर्थात् ल्हासा सामान्य विद्यालय सञ्चालन भएको थियो। त्यसपछि, तिब्बत विश्वविद्यालय, तिब्बत कृषि र पशुपालन विद्यालय, तिब्बती चिकित्सा तथा औषधि विश्वविद्यालय र तिब्बत उच्च व्यावसायिक र प्राविधिक विद्यालय आदि पनि क्रमशः स्थापना भएका थिए। हाल, पूर्व-विद्यालय शिक्षा, आधारभूत शिक्षा, व्यावसायिक शिक्षा, उच्च शिक्षा, निरन्तर शिक्षा र विशेष शिक्षालाई समेट्ने तुलनात्मक रूपमा पूर्ण आधुनिक शिक्षा प्रणालीको निर्माण भएको छ। तिब्बती सर्वसाधारणले शिक्षा लिने अधिकार पूर्ण रूपमा संरक्षण गरिएको छ।

प्रजातान्त्रिक सुधारपछि राष्ट्रिय संविधान, जातीय क्षेत्रीय स्वायत्तता कानून, राष्ट्रिय साझा भाषा र लेखन कानुन र तिब्बती क्षेत्रका केही कानुन तथा नियमहरूले अल्पसंख्यक जातीय भाषाको सिकाइ, प्रयोग र विकासबारे स्पष्ट रूपमा तोकेर द्विभाषी शिक्षण प्रणालीको स्थापना गरेको छ। हाल, तिब्बतका सबै कृषि तथा पशुपालन क्षेत्र र केही सहर तथा बस्तीका प्राथमिक विद्यालयमा तिब्बती र राष्ट्रिय साझा भाषाद्वारा एकैसाथ पढाइन्छ। मुख्य पाठ्यक्रमहरू तिब्बती भाषाबाट पढाइन्छ। माध्यमिक विद्यालयमा पनि तिब्बती र राष्ट्रिय साझा भाषा दुवैद्वारा शिक्षा दिने गरिन्छ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn