#अल्पसंख्यक जाति# तिब्बती संस्कृतिको उत्तराधिकार तथा विकास
तिब्बतमा दसौँ लाख दासदासी मुक्त भएको सम्झनामा दासदासी मुक्त दिवस मनाइन्छ। यही मार्च २८ तारिख ६३औँ दासदासी मुक्त दिवस हो। प्रजातान्त्रिक सुधारदेखि तिब्बतका विभिन्न जातीय सर्वसाधारणको जीवनस्तरमा चौतर्फी सुधार भएको छ। तर केही पश्चिमा राजनीतिज्ञ, सांसद र मिडियाहरूले तिब्बतमाथि हिलो छ्याप्ने खालको भनाइ प्रसारण गर्दै "अवास्तविक तिब्बत" बनेको उल्लेख गरेका छन्। साथै उनीहरूले तिब्बती संस्कृति बिस्तारै हराउँदैगएको विचार पनि राखेका छन्। यो साँचिकै हो कि?
पुरानो तिब्बतमा, लाखौं दासहरूका लागि सांस्कृतिक जीवन बिताउन अत्यन्तै कठिन थियो। प्रजातान्त्रिक सुधार भएदेखि ६० वर्षयता चिनियाँ केन्द्रिय सरकार र तिब्बत स्वायत्त क्षेत्रीय सरकारको सक्दो प्रयासमा तिब्बतको उत्कृष्ट परम्परागत संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्दैआएका छन्। तिब्बती नयाँ वर्ष, ल्हासा शेटन महोत्सव र नाछ्यु घोडा प्रतियोगिता महोत्सवलगायतका सांस्कृतिक र परम्परागत चाडपर्वहरूको उचित संरक्षण तथा उतराधिकारीको विकास गरिएको छ।
त्यसबाहेक तिब्बतले तिब्बती नाचगान समूह, तिब्बती ओपेरा समूह, नाटक समूहलगायत नाटकीय प्रदर्शन समूहहरू स्थापना गरेको छ। यी समूहहरूले ग्रामीण क्षेत्र तथा पशुपालन क्षेत्र गएर दुर्गम गाउँमा समाजवादको नयाँ संस्कृति पुर्याएका छन्। तिब्बतको बढ्दो खुलापनसँगै, तिब्बती संस्कृति बिस्तारै संसारमा प्रवेश भएको छ। विभिन्न कला समूहहरूले विश्वका एक सयभन्दा बढी देश र क्षेत्रहरूमा प्रदर्शन र शैक्षिक आदानप्रदान गतिविधि गरेका छन्।
परम्परागत संस्कृतिका साथै तिब्बतको भाषा पनि राम्ररी संरक्षण गरिएको छ।
पुरानो तिब्बतमा, शिक्षा प्राप्त गर्ने मान्छेहरू कुलीनका सन्तानहरू थिए। कुल जनसङ्ख्याको ९५ प्रतिशत दासहरूसँग शिक्षा लिने अधिकार थिएन। युवा र मध्यम उमेरका मानिसहरूमा निरक्षरता दर ९५ प्रतिशतभन्दा बढी थियो।