नेपाली

तिब्बती नयाँ वर्ष मनाउने चलन

criPublished: 2021-02-16 17:06:49
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नव वर्षको पहिलो दिन विहान, तिब्बतीहरूले खादा लिएर नजिकै गुम्बामा घुम्दै बुद्धको पूजाआजा गर्दछन्। उनीहरूले आफ्नो परिवारसँग घनिष्ट सम्बन्ध रहेका लामा र गुरूको घरमा नव वर्षको शुभकामना र आशीर्वाद लिन जान्छन्। त्यसपछि मान्छेहरूले छिमेकी, इष्ट-मित्रको घरमा गएर शुभकामना आदानप्रदान गर्छन्। त्यसपछिका केही दिनमा तिब्बतीहरूले मिठामिठा खानेकुरा खाँदै मनोरञ्जन गर्दछन्। त्यसमध्ये तिब्बती ओपेराको अवलोकन गर्ने रीतिरिवाज पनि छ। हाल तिब्बती ओपेराको राम्रोसँग संरक्षण र प्रवर्द्धन गरिएको छ। तिब्बती ओपेराको उत्तराधिकार तथा विकास गर्न सरकारले विशेष लगानी गरेको छ। श्वे तुन चे अर्थात् हिउँ महोत्सव आदि महत्वपूर्ण पर्वमा तिब्बती ओपेरा प्रदर्शन गरिन्छ। त्यसैले तिब्बती ओपेराको लोक प्रदर्शन समूहहरूको तिव्र विकास पनि भएको छ। तिब्बती जातिको नव वर्ष मनाउने अवसरमा तिब्बती ओपेराका यी लोक प्रदर्शन समूहहरूले विभिन्न क्षेत्रमा प्रदर्शन गर्छन्।

पहिलो महिनाको पन्ध्रौं दिनमा तिब्बतीहरूले विशेष नाच-गान गर्दछन्। उक्त नाच-गान नव वर्ष पर्वको समाप्त भएको प्रतिनिधित्व हो। पन्ध्रौं दिनपछि मानिसहरु पूजाआजा गर्ने सामान हटाएर आफ्नो व्यस्त र सामान्य जीवनमा फर्कन्छन्।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn