नेपाली

तिब्बती नयाँ वर्ष मनाउने चलन

criPublished: 2021-02-16 17:06:49
Share
Share this with Close
Messenger Pinterest LinkedIn

पौराणिक कथा अनुसार ईसापूर्वमा कढाइ गर्ने एकजना वृद्ध महिलाबाट सिर्जना गरिएको सूर्य, चन्द्र र ताराको परिवर्तनअनुसार पात्रो थियो। तत्काल हरेक वसन्त ऋतु आउँदा मान्छेहरूले पर्व मनाउने चलन थियो। १३औँ शताब्दीदेखि पहिलो महिनाको पहिलो दिनलाई नयाँ वर्षको सुरूवात मानिन्थ्यो। जसबाट तिब्बती नव वर्ष तिब्बतको महत्वपूर्ण परम्परागत चाडको रूपमा मनाइदैआएको छ।

तिब्बती जातीय परम्परागत रीतिरिवाजअनुसार, नव वर्ष मनाउने तयारी कार्य गत वर्षको बाह्रौं महिनादेखि सुरू हुन्छ। सोही अवसरमा तिब्बतीहरूले छेमा र कुथु नामक खाना खाने चलन छ।

छेमा पोलेको जौ र गहुँलाई काठद्वारा बनाइएको आयताकार बक्समा राखिएको हुन्छ। उक्त बक्समा चन्द्रमा र ताराको चित्र कुँदिएको हुन्छ। साथै एक कचौरामा पानी र जौको दाना राखेर नव वर्ष आउँदा एक वा दुई इन्चको बिरुवा हुर्काउने गरिन्छ। छेमा र बिरूवाको पूजाआजा गरेर प्रचुर फसल भित्र्याउने प्रतीकका रुपमा खाने मान्छेलाई नयाँ वर्षमा सौभाग्य तथा स्वस्थ रहोस् भन्ने शुभकामनाको भावना हुन्छ।

तिब्बती जातिको नयाँ वर्ष अघिको दिन अर्थात् पूरानो वर्षको अन्तिम राति परिवारका सबै सदस्यहरूले एउटै ठाउँमा भेला भएर सँगसँगै बसेर कुथु खाने कार्यक्रम अनिवार्य हो। कुथु मुछेको पिठो, भेडाको मासु आदि सामग्रीद्वारा बनाइएको खिर जस्तै हो। महिलाहरूले पीठोका स-साना डल्ला बनाएपछि त्यसभित्र विविध सामग्री राख्ने गर्छन्। यी सामग्री खाने मान्छेको भाग्य र वर्णको प्रतीक रहेको मानिन्छ। उदाहरणका लागि ढुङ्गाको अर्थ क्रुर, ऊनको अर्थ कमजोर, चारकोलको अर्थ मन कालो तथा नराम्रो, सिक्काको अर्थ धन मानिन्छ। मान्छेहरूले त्यसबारे हाँस्दै गफगाफ गर्दा नयाँ वर्ष खुब रमाइलो हुन्छ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn