नेपाली

#अल्पसंख्यक जाति#छिङहाई-तिब्बत रेलवे पर्यावरणीय पर्यटकीय दृश्य -१

criPublished: 2020-11-03 18:35:37
Share
Share this with Close
Messenger Pinterest LinkedIn

भर्खरै अक्टोबर १ तारिख राष्ट्रिय दिवसमा धेरै चिनियाँहरूले रेलद्वारा छिङहाई-तिब्बत पठारभूमिको यात्रा गरेका छन्। चिनियाँ रेलअन्तर्गत छिङहाई-तिब्बत ग्रुपको तथ्याङ्क अनुसार, अक्टोबर १ तारिखदेखि ४ सम्म मात्रै छिङहाई-तिब्बत रेलवेले १४ हजार ९ सय ९६ जना पर्यटकलाई तिब्बत पुर्‍याएको छ।

चीनका विभिन्न क्षेत्रबाट आएका पर्यटकहरूले छिङहाई प्रान्तीय सिनिङ शहरमा अक्सिजन आपूर्ति डिब्बामा चढेपछि पठारभूमिमा विश्वव्यापी उचाइ सबैभन्दा अग्लो र रेलवेको लम्बाइ सबैभन्दा लामो भएको छिङहाई-तिब्बत रेलवेको यात्रा सुरू गरेका छन्। सिनिङबाट प्रस्थान गर्ने बित्तिकै यात्रुहरूले व्यस्त रूपमा मोबाइलफोनद्वारा फोटो खिचेका छन्। स्थानीय सुन्दर दृश्यले हरेक पर्यटकलाई आकर्षित गरेको छ। मैले आफ्नो आत्मा यहाँ राख्ने विचार गरेको छु। किनकि यहाँ ज्यादै सुन्दर छ। रेलवेमा यात्रुले यस्तो भन्छन्।

वास्तवमा छिङहाई-तिब्बत रेलवे वरिपरि सुन्दर दृश्य स्थानीय अधिकारी तथा बासिन्दाको दिर्घकालीन प्रयाससित सम्बन्धित छ। याङ सी नदीको मुहान सुरक्षा गर्ने राष्ट्रिय नीतिलाई समर्थन दिनका लागि १२८ परिवारका तिब्बती पशुपालकहरूले ४ हजार ७ सय मिटरको ठोठोह क्षेत्रबाट कर्मु शहरीय थाङकुला बस्ति छाङ च्याङ युआन गाउँमा सारेका थिए। उनीहरूले पुस्तौँ-पुस्ता जारी रहेको पशुपालन जीवन छोडेका थिए।

गाउँले कङकानानचेले भने-

सारेको बेलामा मैले तीनपटक घुमेर हेर्थेँ। छोड्न निकै कठिन भएङ्को थियो। तर याङसी नदीको मुहानमा बस्ने पशुपालकको हैसियतमा हामीले पनि राष्ट्रका लागि योगदान दिएका छौँ।

केही वर्षयता छाङ च्याङ युआन गाउँको वातावरण झन् झन् राम्रो हुँदैछ। गाउँमा हरेक परिवारमा एकजना घाँसे मैदान रक्षक पठाइएर हरेक महिनामा घाँसे मैदानको गश्ती गरेका छन्।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn