नेपाली

"चिया-घोडा रोड"मा चीन र भारत व्यापारको नयाँ केन्द्र

CRIPublished: 2015-09-04 18:05:27
Share
Share this with Close
Messenger Pinterest LinkedIn

हाल नाई त्वी ला पहाडी मुखको व्यापार झन झन बढी समृद्ध बन्दै गएको छ। बिन्दुको आधारभूत प्रबन्धको पूर्वाधार यी दुबै मुलुकका व्यापारिक ट्रकको मागसित अनुकूल हुन सक्दैन। हाल केही वर्षयता चीन सरकारले सक्रिय रुपमा सिमा व्यापारिक बजारको विस्तार गर्ने योजना बनाइरहेको छ। यसप्रति वाणिज्य प्रमुख पा वाङ्गले भन्नुभयो: वर्तमान सिमा व्यापारिक बजार अस्थायी हो भने हामीले यस बजारलाई रुन छिङ्ग गाङ्गमा सार्ने योजना बनाएका छौं। त्यहाँको भूभाग ठूलो छ भने ठूलो बजारको स्थापना गर्नसकिन्छ।

नाई त्वी ला पहाडी मुख खुल्ला भएअघि चीनका छङ्ग तु, खुन मिङ्ग र सिन्च्याङ्ग क्षेत्रका व्यवसायीले लगभग दश दिनको समय लगाएर आफ्नो मालसामानलाई दक्षिण-पूर्वी एशियासम्म शिपिङ गर्न सक्दथे। र त्यसपछि जलमार्ग भएर भारतको उत्तर-पूर्वी भागमा पुर्‍याउन सकेका थिए। लगभग छ हजार किलोमिटर कूल लम्बाईको कठिन यात्रा गर्नुपर्दथ्यो। यस पहाडी नाका खुल्ला भएपछि यी मालसामानहरु केवल एक दिनमा गन्तव्यमा पुर्‍याउन सकिन्छ। जसबाट ठूलो परिमाणमा लागत घटाउनुका साथै चीन र भारतबीचमा अझ ठूलो सहयोगात्मक आधार सिर्जना गरेको देखिन्छ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn