नेपाली

"चिया-घोडा रोड"मा चीन र भारत व्यापारको नयाँ केन्द्र

CRIPublished: 2015-09-04 18:05:27
Share
Share this with Close
Messenger Pinterest LinkedIn

तिब्बती भाषामा नाई त्वी ला को अर्थ "हावा तथा हिँउ सबैभन्दा बढी भएको स्थान" भन्ने हो। नाई त्वी ला पहाडी नाका चीनको तिब्बती स्वायत्त प्रदेश र भारतको सिक्किम राज्यबीचको सिमा क्षेत्रमा पर्दछ। समुद्री सतहदेखि 4 हजार 5 सय 45 मिटर उचाईँमा पर्ने सो पहाडी मुख चीन र भारतबीचको स्थल व्यापारको सबैभन्दा छोटो बाटो हो। भारतको सिक्किम राज्यबाट यस पहाडी मुख पार गरी चीनको तिब्बतको या तुङ्ग जिल्लामा पुग्नसकिन्छ। इतिहासकालदेखि नै यो बाटो"चिया-घोडा रोड"को एक भाग हो।

सन्2006 जुलाई छ तारिख चीन र भारतले नाई त्वी ला पहाडी नाकालाई पुनःखुल्ला गर्ने घोषणा गरिएको थियो। जसबाट आपसी द्वन्द्वका कारण चालिस वर्षसम्म बन्द

रहेको सो व्यापारिक बाटो फेरि सञ्चालनमा आएको छ। पुनःसञ्चालित नाई त्वी ला पहाडी नाका चीन र भारतबीचको सिमा व्यापारको विस्तार गर्नका लागि महत्वपूर्ण भूमिका सिर्जना गरिरहेको छ। यसप्रति या तुङ्ग जिल्लाको वाणिज्य व्युरोका प्रमुख पा वाङ्गले जानकारी दिनुभयो: सन्2006मा यस पहाडी नाका पुनःखुल्ला भएको प्रारम्भिक अवधिमा कूल आयात र निर्यात व्यापारिक रकम पन्ध्र लाख चिनियाँ युआन थियो। सन्2014 हाम्रो व्यापारिक रकम दश करोड चिनियाँ युआन बराबर पुगेको छ। यी दुबै मुलुकका धेरैजसो नागरिक यस व्यापारबाट लाभान्वित भएका छन्।

नाई त्वी ला पहाडी मुखमा अवस्थित सिमा बजारमा व्यापार गर्नसकिने मालसामानको सूची स्पष्ट देखिन्छ। यहाँ व्यापार गरेका धेरैजसो भारतीय व्यवसायीले अंग्रेजी, नेपाली, हिन्दी र तिब्बती भाषा बोल्न सक्छन्। स्थानीय बासिन्दाले यहाँ मालसामान किन्दा यी व्यवसायीहरुसँग सजिलो रुपमा कुराकानी गर्नसक्छन्। सिमा व्यापार बिन्दु पार गर्ने बस स्टेशनमा मानिसको भिड लाग्ने गर्दछ। यहाँस्थित रक्षा सेनाका सैनिक अधिकारी ल्याउ स्याउ पिङ्गले जानकारी दिनुभएअनुसार यस वर्षको मे महिनादेखि हरेक महिनामा यस सिमा पार गर्ने जनसंख्या र रसद मात्रा गत वर्षको सोही अवधिको तुलनामा 60प्रतिशतभन्दा बढी देखिन्छ। हरेक दिन भारतबाट भरिएर आएका ट्रकले मालसामानसहित सिमा पार गर्दछन् अनि सिमामा निकास गरिसकेपछि अधिकाँश ट्रक खाली फर्कने गर्दछन्।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn