नेपाली

नाछ्यु पशुपालक कर्मा साम्तेनको सुखी परिवार

CRIPublished: 2015-08-31 10:51:22
Share
Share this with Close
Messenger Pinterest LinkedIn

मैदान अनुबन्ध जिम्मेवारी प्रणाली संचालन भएपछि कर्मा साम्तेनको मैदानको क्षेत्रफल 3 हजार 78 एकर पुगेको छ। उहाँले 83 वटा चौँरी गाई पाल्नु भएको छ। हरेक वर्ष तीन हजार केजीभन्दा बढी दूध उत्पादन गर्नुहुन्छ र अरुबाट दश हजार केजीभन्दा बढी दूध संलग्न गर्नुहुन्छ। दुग्ध वस्तु उत्पादनबाट हरेक वर्ष चाल लाख चिनियाँ युआनभन्दा बढी फाइदा हुन सक्छ। यसबाट नाफा मात्र दुई लाखभन्दा बढी हुन्छ। छिङ हाइ-तिब्बत राजमार्ग नजिक रहेकोले कर्मा साम्तेनले वरिपरिका केही गाउँलाई समेटेर स्प्रिङ रिसोर्ट खोल्नुभयो। छिङ हाइ-तिब्बत राजमार्गबाट पाएको सुविधाबारे चर्चा गर्दै कर्मा साम्तेनले भन्नुभयो—आवाज तीन

राजमार्ग संचालन नभएमा विकास हुँदैन। उदाहरणका लागि बाल बच्चाले शिक्षा पनि पाउन सक्दैनन्। पहिला यातायात सुविधा थिएन बच्चा स्कूल जान निकै गाह्रो थियो। हाल छिङ हाइ-तिब्बत राजमार्ग र छिङ हाइ-तिब्बत रेलमार्ग संचालन भएपछि बच्चा स्कूल जान र हामीले उत्पादन तथा बिक्रि गर्न निकै सुविधा भयो। दुधबाट उत्पादित वस्तु हामीले आफ्नो गाडी चलाएर नाछ्यु र ल्हासासम्म पुर्‍याउँछौँ।

धनी बन्नुका साथै कर्मा साम्तेनजस्तो धेरै बुवा-आमाले आ-आफ्नो बच्चाको शिक्षा विषयमा पनि निकै ध्यान दिनुहुन्छ। कर्मा साम्तेनको चौब्बीस वर्षीय छोरी टाशी याङचोमले पत्रकारलाई घरमा राखिएका स्नातक प्रमाणपत्र देखाएर गौरवका साथ जानकारी दिनुभयो—आवाज चार

यो मेरो भाइको स्नातक प्रमाणपत्र हो। प्रहरी स्कूलबाट स्नातक भएको हो र अब ल्हासामा तालिम लिँदैछ। यो मेरो दाजुको हो। उनी पाँच वर्षसम्म काम गरेका छन्। यो मेरो तिब्बत विश्वविद्यालयको स्नातक प्रमाणपत्र हो। यो मेरो कान्छो भाइको हो उनी स छ्वान जातीय कलेजबाट स्नातक हुन्।

首页上一页123全文 3 下一页

Share this story on

Messenger Pinterest LinkedIn