नेपाली

नाछ्यु पशुपालक कर्मा साम्तेनको सुखी परिवार

CRIPublished: 2015-08-31 10:51:22
Share
Share this with Close
Messenger Pinterest LinkedIn

आफ्नो पशुपालन मैदान अचानक बृद्धि भइरहेको छ, पाँच छोरा-छोरी सबैले विश्वविद्यालयको शिक्षा लिएका छन्, जीवन राम्रो हुँदैछ र बच्चाको भविष्य पनि राम्रो देखिन्छ। यस्ता सफलताले कर्मा साम्तेनलाई मनमा अत्यन्तै खुशी लागेको छ।

कर्मा साम्तेनले धेरै वर्षसम्म पारिवारिक पशुपालन मैदान संचालन गर्नुभयो र उत्तर-पश्चिमी तिब्बती नाछ्यु क्षेत्रको नाछ्यु जिल्लाको लोमा टाउनको बाह्रौँ गाउँमा पहिलो पटक धनी मानिसमा दरिनुभयो। पारिवारिक पशुपालन मैदानको राम्रोसँग संचालन गरेको कारण कर्मा साम्तेन आफूले निकै प्रयास गरिरहनु भएको छ। तिब्बत स्वायत्त प्रदेश सरकारले पशुपालन विकासमा ठूलो समर्थन दिएको र पशुपालकलाई सुविधाजनक नीति लिएको छ। कर्मा साम्तेनका अनुसार, उहाँको पारिवारिक पशुपालन मैदान सन् 2009 मा ‌औपचारिक रुपमा स्थापित भएको थियो। उहाँले भन्नुभयो—आवाज एक

सर्वप्रथम, सरकारले हामीलाई दुग्ध पदार्थबाट विभिन्न उत्पादन गर्ने र बिक्री गर्ने घर प्रदान गरेको छ। बिक्री गर्न गाडी किन्नका लागि सरकारले हामीलाई केही सहुलियत पनि दिएको छ।

सुविधाजनक नीतिबाट कर्मा साम्तेनको व्यापारलाई दृढ संरक्षण दिइएको छ। धेरै वर्षयता नाछ्यु जिल्लाले पशुपालन उद्योगको संरचनात्मक समायोजन नीतिको पालना गरिरहेको छ भने मैदान अनुबन्ध जिम्मेवारी प्रणालीको पालना गरी मैदानको संरक्षण तथा उचित प्रयोग गर्ने व्यापक पशुपालकको सक्रियतालाई सम्पूर्ण रुपमा प्रोत्साह गरेको छ। यसरी नै कर्मा साम्तेनजस्तो धेरै धनी किसानहरु देखिएका छन्। कर्मा साम्तेनको धनी बन्ने अनुभवबारे चर्चा गर्दै नाछ्यु जिल्लाका पशुपालन ब्यूरोका अधिकारी तुङवीले जानकारी दिनुभयो—आवाज दुई

एकातिर उहाँको संगठनात्मक क्षमता हो र अर्कातिर उहाँको आफ्नो दूध मात्रै नभइ अरु पशुपालकको दूध पनि संगलन गर्नुहुन्छ। दुग्ध वस्तु उहाँको मुख्य व्यापार हो, दही, दूध आदि। दुग्ध वस्तुको व्यापारबाट वर्षमा चार लाख चिनियाँ युआन कमाउन सकिन्छ र लगभग दुई लाख चिनियाँ युआनको नाफा हुन सक्छ।

123全文 3 下一页

Share this story on

Messenger Pinterest LinkedIn