नेपाली

तिब्बतको पर्वतारोहण पथप्रदर्शक विद्यालय

CRIPublished: 2015-08-26 16:21:27
Share
Share this with Close
Messenger Pinterest LinkedIn

"मैले छि च पहाड र च्याङ साङ ला मू पहाड आरोहण गरेको छु। मैले चुमुलाङमा आरोहण गरेको छैन। म त्यहाँ हेर्न मात्रै गएको छु।"

दैनिक अभ्यास र सिकाइ वाहेक, सन् 2002मा तिब्बतको पर्वतारोहण पथप्रदर्शक विद्यालयले फ्रान्सको राष्ट्रिय पर्वतारोहण तथा स्कीइङ विद्यालयसँग दीर्घकालीन सहयोगात्मक सम्बन्धको स्थापना गरेको थियो। तिब्बतको पर्वतारोहण पथप्रदर्शक विद्यालयका संस्थापक नी मा छ रनले भन्नुभयो

"प्राविधिक आदान-प्रदान अलि धेरै छ। समुद्री सतहदेखि उच्च उचाइको उद्धार प्रविधि सिक्नका लागि हामीले व्यक्तिहरुलाई फ्रान्स पठाएका छौं।"

चौतर्फी अभ्यासको आधारमा हालसम्म तिब्बतको पर्वतारोहण पथप्रदर्शक विद्यालयले तीन सय जना युवा पथप्रदर्शक, पर्वतीय सहायक, पर्वतीय क्यामरामैन, पर्वतीय उद्धारकर्मी, पर्वतीय सेफ, विदेशी भाषाका अनुवादक हुर्काएको छ। चीनको पर्वतीय सेवाका वरिष्ठ व्यक्तिको अभाव अव पूर्ति भएको छ।

तिब्बतको पर्वतारोहण पथप्रदर्शक विद्यालयका शिक्षक एवम् तिब्बती पर्वतारोहण टोलीका पूर्व सदस्य छ रन तान ताले भनेअनुसार, उनको विद्यालयबाट स्नातक भएपछि धेरै विद्यार्थीहरु पवित्र पहाड पर्वतारोहण सेवा कम्पनीमा भर्ना गरिएका छन्। केही विद्यार्थीहरुले तिब्बतको पर्वतारोहण टोली वा तिब्बतको पर्वतारोहण संघमा काम गर्छन्। केहीले तिब्बतको सिमा रक्षा विभागमा काम गर्छन्। छ रन तान ताले भने झैं तिब्बतको पर्वतारोहण पथप्रदर्शक विद्यालयले पर्वतारोहण व्यक्तिहरु हुर्काएको मात्र नभई स्थानीय रोजगार र विकासलाई पनि बढाएको छ।

"पर्वतारोहण विद्यालयको स्थापनाले दुई वटा समस्याको समाधान गरेको छ। पहिलो, हिमालय अवस्थित ठाउँका धेरै किसान तथा पशुपालकका छोरोछोरीहरुले सिकाइको मौका पाएका थिएनन्। तिब्बतको पर्वतारोहण पथप्रदर्शक विद्यालयमा उनीहरुले ज्ञान हासिल गरेका छन् र रोजगारीको मौका पाएका छन्। दोस्रो, पर्वतारोहण विद्यालयबाट स्नातक भएका विद्यार्थीहरुले पर्वतारोहणसम्बन्धी उद्योग-व्यवसाय र व्यवसायिक पर्वतारोहणको विकासलाई बढाएका छन्। त्यसैले सो विद्यालयले पर्वतारोहण पर्यटनको आर्थिक फाइदाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।"

首页上一页1234全文 4 下一页

Share this story on

Messenger Pinterest LinkedIn