नेपाली

तिब्बतको पर्वतारोहण पथप्रदर्शक विद्यालय

CRIPublished: 2015-08-26 16:21:27
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सन् 2008 को पैचिंग ओलम्पिक खेलकुदको पवित्र ज्योतिको रिले कार्यक्रम अन्तर्गत ओलम्पिक ज्योतिलाई विश्वको सर्वोच्च विन्दु अर्थात् चुमुलाङमामा लैजाँदाखेरिका चिनियाँ पर्वतारोहण दलका सदस्यहरुलाई सम्झनुहुन्छ? उनीहरु चीनको तिब्बतको पर्वतारोहण पथप्रदर्शक विद्यालयका हुन्। त्यतिखेरको तिब्बत पर्वतारोहण पथप्रदर्शक विद्यालयको नाम अहिले हिमालय पथप्रदर्शक विद्यालयको रुपमा परिणत भएको छ। सन् 1999मा स्थापना भएदेखि हालसम्म तिब्बतको पर्वतारोहण विद्यालयले शिक्षा लिएका, विदेशी भाषा बोल्नसक्ने आरोहण प्रविधिबारे जानकारी लिएका तीन सय जना पथप्रदर्शक हुर्काएको छ। साथै तिब्बतको पर्वतारोहण पथप्रदर्शक विद्यालयले पनि तिब्बती क्षेत्रको रोजगारलाई बढाएको छ।

तिब्बतको न्येलाम जिल्लाबाट आएका चा सी कुङ बु चालू वर्ष बीस वर्षका भए। उनले तिब्बतको पर्वतारोहण पथप्रदर्शक विद्यालयमा तीन वर्षसम्म अध्ययन गरेका छन्। पर्वतारोहण पथप्रदर्शक विद्यालय आउनुको कारणबारे चर्चा गर्दा उनले भनेका छन्

"म हिमालयमा बस्छु, न्येलामबाट आएको हुँ। सानो उमेरमा मैले गाइपालन गर्थें। सानै छँदादेखि मलाई थाहा छ, चुमुलाङमा सर्वोच्च शिखर हो। मैले जन्मथलोका मानिसबाट थाहा पाएको कुरा के हो भने तिब्बतको पर्वतारोहण पथप्रदर्शक विद्यालयले आठ हजार मिटरभन्दा बढी पहाड आरोह गर्नसक्ने विद्यार्थी भर्ना गराएको छ। त्यसैले मैले पनि यस विद्यालयमा अध्ययन गर्ने निर्णय गरें।"

तिब्बतमा प्रशस्त पहाडी श्रोत-साधन छ। तिब्बतमा चा सी कुङ बुजस्तै पर्वतारोहणको सपना सजाएका धेरै केटाकेटी छन्। सन् 1999मा पर्वतारोहणको सपना साँचेका नी मा छ रनले तिब्बतको पर्वतारोहण पथप्रदर्शक विद्यालयको स्थापना गर्नुभएको थियो। नी मा छ रनकाअनुसार, तिब्बतको चुमुलाङमा, शिशापान्माले तिब्बतको पर्वतारोहण पथप्रदर्शक विद्यालयको स्थापनाका लागि प्राकृतिक पूर्वाधार उपलब्ध गराएका छन्।

1234全文 4 下一页

Share this story on

Messenger Pinterest LinkedIn